धनकुटाका प्रजिअ र प्रहरी प्रमुखद्धारा पदभार ग्रहण
धनकुटा,१८ असार । धनकुटाका प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्ण प्रसाद पन्थ र जिल्ला प्रहरी कार्यलय धनकुटाको प्रमुखको रुपमा नकुल पोख्रेरेलले पद भार समाल्नु भएको छ ।

उहाँहरु दुई जनाले आज पदभार सम्हाल्नु भएको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको गृह मन्त्रालय सरुवा भएको थियो भने , जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख एसपी गोबिन्द अधिकारीको नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुर सरुवा भई हाल तालुक गृह मन्त्रालय प्रशासन शाखामा काज सरुवा हुनु भएको थियो ।


