धनकुटा कोभिड आकस्मिक कक्ष र आईशोलेसन सेन्टरमा उपचाररतको उपचारमा सहजीकरण
धनकुटा ,१८ असार । धनकुटा जिल्लामा कोरोना भाईरस व्रित रुवमा फैलदै गएपछी धनकुटा अस्पतालमा कोरोना आकस्मिक कक्ष र आईशोलेसन सेन्टरमा विरामीहरुको उपचारममा सहजीकरण गर्न धनकुटा कांग्रेसका नेताहरु सक्रिय भएका छन ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव समेत रहनु भएका धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य विजय सन्तोषी राईले कोरोना आकस्मिक कक्ष धनकुटा अस्पताल र आईशोलेसन सेन्टर धनकुटाका कोरोना संक्रमिति विरामीहरुलाई आज भेटघाट गरी उहाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी दिई उहाहरुको उपचारमा सहजीकरण गर्न धनकुटा अस्पतालका प्रमुख डाक्टर पुजन विश्वकर्मा संग परार्मश गर्नु भएको थियो ।
धनकुटा कोभिड आकस्मिक कक्षमा ११ जना र आईशोलेसन सेन्टरमा १० कोरोना संक्रमिति विरामीहरुले उपचार गराईरहनु भएको छ । नेपाल कांग्रेस धनकुटाका जिल्ला सदस्य खेम राज पौडेल,नेपाल दलित संघ धनकुटाका अध्यक्ष शिव विक लगायत नेपाली कांग्रेसका नेताहरु समेत कोभिड अस्पताल धनकुटामा उपचार गराईरहनु भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य पनि रहनु भएका धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राईको समन्वयमा आईशोलेसन सेन्टर कोरोना अस्पताल धनकुटामा उपचार गराईरहनु भएका कोरोना संक्रमित विरामीहरुको लागी पोसिलो खाजा तथा खानेकुराको लागी पोसिलो खाद्य समाग्रीहरु र खानेकुराहरु उपलब्ध हुर्दै आएको छ ।


