पिङडाँडा कृषक समुहलाई १२ लाख बराबरको कृषि सामाग्री

नारायण कुमार राई/धनकुटा १९,असार । छथर जोरपाटी धनकुटाले मकै पकेट क्षेत्रलाई प्रवद्र्धनका लागि पिङडाँडा कृषक समुह,हात्तिखर्कलाई ५० प्रतिशत अनुदानमा सवा १२ लाख बराबरको कृषि सामाग्री हस्तान्तरण गरेको छ ।

पालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठ सहितको कृषि शाखाका प्रतिनीधिहरुले एक हस्तान्तरण कार्यक्रम गरेर उक्त सामाग्रीहरु समुहलाई हस्तान्तरण गरेको हो ।

पालिकाले यो बर्ष बिभिन्न वडाहरुलाई कृषि तथा पशुपालन पकेट क्षेत्र संगै वडा नं.१ हात्तिखर्क क्षेत्रलाई लाई मकै पकेट क्षेत्र घोषणा गरेको थियो ।

उक्त पकेट क्षेत्र मध्ये १ हजार ५ सय रोपनी मकै खेतीका लागि लक्षित गरेर उक्त समुहलाई कृषि सामाग्रीहरु उपलब्ध गराईएको पालिका कृषि शाखा अधिकृत मिलन कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार समुहलाई १ लाख ८० हजार मूल्य बराबरको २ थान मिनी टिलर,१ लाख मूल्य बराबरको २ वटा क्रसर मिक्सचर(मिल) हस्तान्तरण गरिएको छ ।

त्यस्तै ३ लाख ५० हजार बराबरको सिंचाई पाईप,१ लाख बराबरको ८ थान डिजिटल काँटा,४८ हजार बराबरको १६ थान स्प्रेयर हस्तान्तरण गरिएको छ ।

फौजी किरा नियन्त्रणका लागि २ लाख बराबरको बिषादी,६० हजार बराबरको ६० थान कोदालो र यस अघि उक्त समुहलाई १ लाख बराबरको मकैको बीउ उपलब्ध गराईएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।