अपाङ्गता भएका व्यक्तिलाई फिल्टर वितरण
असार १९,धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ का अपाङ्गता व्यक्तिलाई फिल्टर वितरण गरिएको छ । ६ नं वडा कार्यलयको आर्थिक सहयोगमा त्यस वडाका ३८ जना अपाङ्गता व्यक्तिलई फिल्टर वितरण गरिएको हो ।
अपाङ्ग मिलिजुली समूह छथरजोरपाटी गाउँपालिका ६ द्धारा आयोजित कार्यक्रमको वीच ३८ जनालाई एक-एक वटा फिल्टर वितरण गरिएको समुहका सल्लाहकार खगेन्द्र तामाङले जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिका लागि राहत वितरण कार्यक्रम अन्र्तगत ती समाग्री वितरण गरिएको उहाँले वतउनुभयो । राहत स्वरुप फिल्टर पाउँदा आफुहरुलाई निक्कै खुशी लागेको पाङ्गता व्यक्तिहरुको भनाई छ । कोरोना महामारीको यो समयमा यसले आफुहरुको स्वस्थ्य सूरक्षामा केही भएपनि सहयोग पुग्ने उनिहरुले वताएका छन् ।
कार्यक्रम समुहका अध्यक्ष भक्त बहादुर गौतमको अध्यक्षता तथा वडा नं ६ का वडाध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो भने करुणा फाउण्डेशनका सिभिआर प्रतिनीधि उत्तरा रानाको पनि उपस्थिती थियो ।


