पाख्रीवास नगरसभा घटनाको कांग्रेस सहित विपक्षी गठबन्धनले जिम्मा लिने,१५ आरोपितको सट्टा सयौं नेता कार्यकर्ताको गिरफ्तारी दिने तयारी
असार १९,धनकुटा । धनकुटाको पाख्रीवास नगरसभामा भएको घट्नाको नेपाली कांग्रेस धनकुटा सहित विपक्षी गठन बन्धनले जिम्मा लिदै राजनैतिक ढंगले प्रतिवाद गर्ने जनाएका छन ।

विपक्षी गठनबन्धनको आज वसेको संयुक्त बैठक र नेपाली कांग्रेसको जिल्ला कार्य समितिको बैठकले समेत राजनैतिक कारणले पाख्रीवास नगरसभामा घट्ना भएको भन्दै यसको जिम्मा लिएर राजनैतिक ढंगले नै सशक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका हुन् ।

धनकुटामा क्रियाशिल विपक्षी गठन वन्धनको संयुक्त बैठकमा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,सविच विजय सन्तोषी राई,नेकपा माओवादी केन्द्र धनकुटका अध्यक्ष ऋषिराम ढुंगाना,सचिवालय सदस्य हेमचन्द्र किराती,जसपा धनकुटका जिल्ला उपाध्यक्ष पार्वती राई,सह-सचिव डम्वर कटुवाल लगायतले राजनैतिक कारणले राजनैतिक तरिकाले पाख्रीवासमा भएको घट्नाको जिम्मा लिदै राजनैतिक ढंगबाटै स-शक्त प्रतिवाद गर्ने वताएका छन् ।
त्यस्तै कांग्रेस जिल्ला भेला तथा बैठकले समेत यो घटनाको जिम्मा लिदै यसको राजनैतिक ढंगले प्रतिवाद गर्ने र झुठा मुद्धा लगाएर फसाउन खोजिएका १५ जना नेता तथा कार्यकर्ताहरुको जिम्मा लिने समेत निर्णय गरेको छ । स्थनीय प्रहरी प्रशासनलाई सत्ता पक्ष नेकपा एमाले ओली समुहले दवाव दिई व्यक्तीको नाममा झुठा मुद्धा लगाएर विपक्षी गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई सत्ताको आढमा फसाई दु ख दिने काम भैरहेको विपक्षि गठवन्धनले वताएका छन् ।

त्यसैले यसको विरोध गर्दै उनिहरुले भुmठो मुद्धा खारेज गर्न माग समेत गरेक छन् । विपक्षी गठबन्धन पार्टीहरुको निर्देशनमा पाख्रीवासमा सत्ता पक्षको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्दा सामान्य घट्ना भएको विषयमा १५ जना आरोपितहरुको सट्टा सयौ नेता कार्यकर्ताले अव गिरफ्तारी दिदै स-शक्त प्रतिरोध र प्रतिकार समेत गर्ने तयारी गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

बैठक तथा भेलामा सचिव राई र जिल्ला सदस्य ज्ञान वहादुर गुरुङले पाख्रीवास नगरसभामा भएको घट्नाको विषय र अहिले पार्टीले सञ्चालन गरेको अभियानको वारेमा जानकारी गराएका थिए। ओली पक्षको ज्यादती र दूव्यवहार अति भएको भन्दै जिल्लाभर नेता कार्यकर्ता एवम् सम्पूर्ण कांग्रेसजनलाई यसको प्रतिवाद गर्न सक्रिय पूर्वक अग्रमोर्चामा सभागी हुन समेत जिल्ला सचिव राईले अपिल गर्नु भएको छ ।


