धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ६३, आज निको हुने संख्या ४५
धनकुटा,२० असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ६३ रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज ३५ जनामा संक्रमण पुष्टि भएको छ भने आज ४५ जना पनि कोरोना संक्रमण मुक्त भएको जनाईएको छ । २ सय २८ जना होम आइसोलेसनमा रहेका छन् भने २८ जना संस्थागत आइसोलेसनमा र ७ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रसाशकीय अधिकृत बिक्रम लिम्बु द्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या ८ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।



