आज धनकुटा जिल्ला भरिनै दिनको १ बजेबाट बेलुका ४ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने
धनकुटा । जिल्ला भरिनै आज दिनको १ बजेबाट बेलुका ४ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।

धरान शिबधारामा ३३ केभि को पोल पहिरोले लैजान आटेकोले आज दिउसो करिब १ बजे देखि करिब ४ बजे सम्म ३ घण्टा जति धरान धनकुटा ३३ केभि सटडाउन हुने भएकोले बिद्युत अवरूद्ध हुने प्राधिकरणले आफ्नो फेसवुक पेज मार्फत जानकारी गराएको छ ।
यो पनि…
पख्रीवास नगर सभाको विषयलाई लिएर विपक्षि गठवन्धनका नेताहरुद्धारा जिल्ला प्रशासन कार्यालय धनकुटामा नारा जुलुस, आफुहरुलाई पक्राउ गर्न प्रशासन समक्ष नेताहरुको चुनौती
धनकुटा । पाख्रीवास नगर परिषदमा भएको घट्नामा पीडित पक्षलाई नै सत्ताको दवावमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर दु ख दिने कार्य गरेकोमा धनकुटाका विपक्ष गठबन्धनका राजनैतिक दलहरुले धनकुटा जिल्ला प्रशासन कार्यालयमा नारा जुलुस सहित घेराउ गरेका छन ।
जिल्ला प्रशासन कार्यालयमा नारा जुलुस सहित घेराउ गर्न अगाडी नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पाटी ९जसपा० र नेकपा एमाले माधव नेपाल समुहरुका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी नकुल पोखरेल,धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्तलाई कार्यालयमा भेटी सत्ताको दवावमा दर्ता गरिएको झुठा मुद्धा फिर्ता गर्न र पाख्रिवासका मेयर सहित जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार तथा अभद्र व्यापारको मुद्धा दर्ता गर्न र पक्राउ परेका वडाध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्नु भएको थियो ।
धनकुटाका चार गठबन्धनका नेताहरुले पार्टीको निर्देशनमा पाख्रिवास नगर परिषदमा मेयर लगायतका जनप्रतिनिधिहरुले गरेको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्दा १५ जनालाई झुठा मुद्धा लगाएर पक्राउ पुर्जी जारी गरेकाले उनीहरुका साट्टा विपक्षी गठनवन्धनका नेताहरुले आफुलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीलाई चुनौती दिएपछी प्रहरी प्रशासनबाट पक्राउ नगरिएकाले त्यहा उपस्थित नेताहरुले नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी पन्त र एस पी पोखरेलसंग जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख वंगला राई, नेपाली काग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञान वहादुर गुरुग,क्षेत्रिय सभापती ईन्दिरा थापा,नेताहरु घनेन्द्रराज श्रेष्ठ,टिका भण्डारी,नेकाप माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,सचिवालय सदस्य हेमचन्द्र किराती,सर्मिला राई, जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,उपाध्यक्ष पार्वती राई,नारायण जुन राई,नेकपा एमाले माधव समुहका अध्यक्ष अर्जुन राई,डिप्पल राई लगायतका नेताहरुले भेटघाट गरी झुठा मुद्धा खारेज नगरे आफुहरुलाई गिराफ्त्तार गर्न चुनौती दिनु भएको थियो ।
नारा जुलुस र घेराउपछी आयोजित कोण सभालाई चार विपक्षी गठबन्धनको तर्फबाट सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सत्ताको दवावमा झुठा मुद्धा लगाएर १५ जना नेताहरुलाई फसाउन खोजिएकोले त्यसको प्रतिरोध गर्दै विपक्षी गठबन्धनका नेताहरु १५ जनाको सट्टा आफुहरु गिरफ्तारी दिन तयार रहेको वताउनु भयो ।


