प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

विराटनगर, २१ असार । प्रदेश १ मा आज ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।

प्रदेश १ मा आज ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बा¥हदशी र कमल गाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीय तह नखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पाख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ मा आज ९६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।