पाख्रीबास ४ का वडा अध्यक्ष निरौलाको रिहाइ र झुठो मुद्धा खारेजीको माग गर्दै पाख्रीवासमा जुलुस प्रर्दशन गरी आन्दोलन शुरु

धनकुटा । धनकुटामा क्रियाशिल विपक्षी राजनैतिक दलहरुको संयुक्त गठबन्धनले पाख्रीबास नगर परिषदमा भएको घट्नामा गठबन्धनका नेताहरुमाथि लगाईएको झुठो मुद्धा खारेजीको माग गर्दै आज पाख्रीवास बजारमा मसाल जुलुस प्रर्दशन गरी आन्दोलन शुरु गरेका छन् ।

नेपाली कांग्रेस धनकुटा,नेकपा माओवादी केन्द्र धनकुटा, जनता समजवादी पार्टी (जसपा) धनकुटा र नेकपा एमाले माधव नेपाल समुहरुका प्रमुखहरुको संयुक्त भेलाले सत्ताको दवावमा दर्ता गरिएको झुठो मुद्धा फिर्ता गर्न,पाख्रीवासका मेयर सहित जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार तथा अभद्र व्यवहारको मुद्धा दर्ता गर्न र पक्राउ परेका पख्रीवास का ४ नं वडाध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्दै उनिहरुले मसाल जुलुस प्रर्दशन गरेका हुन् ।

धनकुटामा क्रियाशिल विपक्षी राजनैतिक दलहरुको संयुक्त गठबन्धनको बैठकले असार २१ गते साझ पाख्रीवासमा मसाल जुलुस प्रर्दशन, असार २२ गते पाख्रीवासमा प्रर्दशन र सभा,असार २३ गते देखी प्रदेश सभाका सांसद तथा केन्द्रिय नेताहरुको सहभागीतामा जिल्ला प्रशासन कार्यालय धनकुटामा घेराउ र धर्ना दिने सहितका आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभएको छ ।

सत्ताको आडमा प्रहरी प्रशासनले झुठो मुद्धा दर्ता गरेर कांग्रेस लगायत धनकुटाका विपक्षी गठबन्धनका नेताहरुलाई फसाउन खोजिएको घट्नाको प्रदेश सभा र राष्टिय सभामा समेत उठाएर गृह मन्त्रीको जवाफ माग्नका लागि सांसदहरु सँग लविङ्ग गर्ने निर्णय समेत गरिएको छ ।

धनकुटाका चार राजनीतिक गठबन्धनका नेताहरुले पार्टीको निर्देशनमा पाख्रीवास नगर परिषदमा मेयर लगायतका जनप्रतिनिधिहरुले गरेको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्दा १५ जनालाई झुठो मुद्धा लगाएर पक्राउ पुर्जी जारी गरेकाले उनीहरुका साट्टा विपक्षी गठनवन्धनका धनकुटा नेता र सांसदहरुले धर्ना दिदै गिराफ्तारी समेत दिने निर्णय समेत गरिएको गठवन्धनले जनाएको छ ।

नेपाली काग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ, ,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,सचिवालय सदस्य हेमचन्द्र किराती,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई, सह सचिव डम्वर कटुवाल,नारायणजुन राई,नेकपा एमाले माधव समुहका सचिव खगेन्द्र सुवेदी लगायतका नेताहरुले संयुक्त बठैकलाई सम्बोधन गर्दै राजनैतिक हिसावको मुद्धा भएकाले राजनैतिक ढंगले कडा प्रतिरोध गर्दै राजनैतिक ढंगलेनै समाधान गर्ने वताएका छन्।

उनिहरुले जनप्रतिनिधिहरुबाटै जनतामाथि भएको ज्यादती र दुव्र्यवहार विरुद्ध उठ्न,आफ्नो न्यायका लागि लड्न र सत्ताको आडमा लगाएको झुठो मुद्धा खारेज गर्नका लागि घोषित आन्दोलनको कार्यक्रमहरुमा सक्रियता पूर्वक सहभागी हुन आफ्ना नेता कार्यकर्ता सहित धनकुटेली सम्पूर्णलाई अपिल समेत गरेका छन् ।

आज शूरुकाे दिन मसाल पाख्रीवास वजारमा मसाल जुलुस प्रर्दशन गरि चाेकमा काेण सभा गरेर भोलिको कार्यक्रमको वारेमा जानकारी गराईएको नेकपा माओवादी केन्द्रका पाख्रीवास नगर अध्यक्ष मुक्ति वजगाईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।