पाख्रीबास ४ का वडा अध्यक्षको विना शर्त रिहाइको माग राख्दै जिल्ला प्रशासन कार्यालय धनकुटा अगाडी नारा जुलुस
धनकुटा,२३ असार । नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज जिल्ला प्रशासन कार्यलय धनकुटामा नारा जुलुस सहित गरेका छन् ।

नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव समुहले प्रशासन कार्यलय अगाडी नाराजुलुस गरि रहेका हुन् ।
विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने लगायतका मागहरु राख्दै धनकुटाका चार विपक्षी गठबन्धन ले धनकुटाका विभिन्न स्थानमा आन्दोलन गर्दै आएका छन् ।


