खानेपानीमा देखिएका समस्या समाधान गर्न माग

धनकुटा,२३ असार । नागरिक समाज धनकुटाले धनकुटा नगरपालिकाका नगर प्रमुख एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिन्तन तामाङ्ग लाई धनकुटा नगरपालिकामा खानेपानी मा देखिएका समस्या समाधान गर्न माग गरेको जनाएको छ ।

 

समाजले नगर प्रमुख समक्ष शुद्ध पानीको ब्यवस्थापन गर्नु पर्ने । महङ्गो पानीको न्युनतम शुल्क घटाउनु पर्ने, धनकुटा नगरमा स्वच्छ र शुद्ध पानीको दीर्घकालीन ब्यवस्थापन गर्नु पर्ने माग राखेका छन् ।

त्यसैगरी खानेपानीको हिसाब किताब पारदर्शी गर्नु पर्ने, भ्रष्टाचार र घोटाला गर्नेलाई अनुसन्धान र खोजी गरि कार्वाही गर्नु पर्ने खानेपानी उपभोक्ताहरुको पिडालाई सम्मान गर्नु पर्ने  लगायतका माग गरिएको नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले जानकारी दिनु भयो ।

 

नागरिक समाजले राखेका मागहरु प्रति नगरप्रमुख सकारात्मक देखिनु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖