औद्योगिक ग्रामको अनुगमन,निरिक्षण
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं ३ सिंभुवा गाँउमा निर्माण भइरहेको औद्योगिक ग्रामको अनुगमन निरिक्षण गरिएको छ ।
संघिय सरकारको एक स्थानिय तह एक औद्योगिक ग्रामको नीति अनुसार निर्माण भईरहेको औद्योगिक ग्रामको संघिय संसद राजेन्द्र कुमार राई सहितको टोलिले अनुगमन गरेको हो ।
उद्योग मन्त्रालयको बहुवर्षे योजना अन्तरगत गत मंशिर महिनाबाट औद्योगिक ग्रामको पहिलो चरणको निमार्ण कार्य शूरु गरिएका हो । ग्राम निमार्णका लागि आर्थिक वर्ष २०७७।०७८ मा ९२ लाख बिनियोजित रकम मध्ये मोरङ चिसाङ कन्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार ३ सय ६५ रुपया ठेक्कामा निमार्ण कार्य भईरहेको गाउपालिका अध्यक्ष शेर वहादुर लिम्बूले बताउनु भयो ।
अहिले पहिलो चरणको निमार्णकार्य तिव्र रुपमा अघि बढेको ३ नं का वडा अध्यक्ष ज्ञान बहादुर लिम्बुले बताउनु भयो । ९१ रोपनी सरकारी जग्गामा निमार्ण सुरु गरिएको औद्योगिक ग्रामको दुई वटा भवन ३ कोठे, शौैचालय , औद्योगिक ग्राम जानेबाटो १ सय ५० मिटर सोलिङ, ३ सय मिटर कम्पाउण्ड वाल, २० हजार लिटर ग्रामका लागि पानि जम्मा गर्ने टंयाकी, ग्राउण्ड फिल्ड निमार्णका काम भईरहेकोे उहाँले बताउनु भयो ।
सांसद राईले वर्षै पिच्छे औद्योगिक ग्राम निर्माणका लागि बजेट विनियोजन हुने जानकारी गराउदै निर्माण कार्यलाई व्यवस्थित र तिव्र ढंगले अगाडि बढाउन आग्रह गर्नु भयो । औद्योगिक ग्राम निमार्ण पछि गाँउपालिका भित्रका महिला दिदिबहीनिले रोजगारी पाउने आसा गरिएको भन्दै ग्राममा अचार बनाउने , टपरा बुन्ने र स्थानिय उत्पादन कच्चा पदार्थ बाट विभिन्न किसिमका उत्पादन उत्पादन गर्नु पर्ने स्थानिय बिष्णु भुजेलले बताउनु भयो ।
अनुगमन निरिक्षणका क्रममा नेकपा एमाले धनकुटाका स्थानिय तह विभागका संयोजक शिव आङला, गाउँपालिका उपाध्यक्ष भिमकला श्रेष्ठ, ईञ्जिनियर, स्थानिय र सञ्चारकर्मीको टोलि सहभागि थिए । ग्राम सञ्चालनका लागि जम्मा ३३ वटा भवन निमार्ण हुने निमार्ण समितिले जनाएको छ ।


