धनकुटा नगरमा तरुण डिफेन्स फोर्स गठनसंगै मार्च पास गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

असार २४,धनकुटा । नेपाल तरुण दल धनकुटाले धनकुटा नगरमा आज तरुण भेला गर्दै तरुण डिफेन्स फोर्स गठन गरी मार्च पास गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ ।

तरुण डिफेन्स फोर्स धनकुटा नगरले धनकुटा बजारमा तरुण मार्च पास गर्दै जिल्ला प्रशासन कार्यालयमा गई धनकुटा जिल्लामा ओली पक्षिय जनप्रतिनिधिहरुबाट भइरहेको ज्यादती र संघियता विपरित कार्यको विरुद्धमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र पठएका हो ।

प्रमुख जिल्ला अधिकारी पन्तलाई नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राई,तरुण दलका पूर्व सचिव तथा पूर्व नगर अध्यक्ष विजय सन्तोषी राई,क्षेत्रिय अध्यक्ष तिलक महत,नगर अध्यक्ष नरेश श्रेष्ठ,तरुण डिफेन्स फोर्स धनकुटा नगरका अध्यक्ष रत्नेश राईले ज्ञापन पत्र बुझाउदै प्रधान मन्त्री समक्ष पठाई दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाईएको झुठा मुद्धा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनीधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने ,धनकुटा जिल्लाका सात वटा पालिकाहरुमा जनप्रतिनिधिहरु गरेको भष्टचारको छानविन गर्नु पर्ने लगायतका विभिन्न माग गरिएको छ । उल्लेखित माग तत्काल पूरा नगरे धनकुटा जिल्लाभरी तरुण प्रर्दशन गर्ने उल्लेख छ ।

नेपाल तरुण दल धनकुटा नगर कार्य समितिका अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षमा सम्पन्न तरुण भेलाले रत्नेश राईको संयोजकत्वमा १ सय ५१ जना धनकुटा नगर तरुण डिफेन्स फोर्स गठन गरेको छ । भेलामा सहभागि कांग्रेस नेताहरुले तरुण डिफेन्स फोर्सले अन्याय,अत्याचार, भष्टाचार र अनियमिताको विरुद्धमा झाण्डाफोर गर्दै आन्दोलन गर्नुपर्ने वताएका छन् ।

भेलामा स्वागत मन्तव्य नगर सदस्य बिजकर्ण राईले राख्नु भएको थियो भने सञ्चालन तरुण नेता करुण गुरागाईले गर्नु भएको थियो । नवगठित तरुण डिफेन्स फोर्स धनकुटाले तरुण डे«स लगाएर धनकुटा बजारमा मार्च पास समेत गर्दै लोकतन्त्र विरोधी र स्वच्छाचारी,अधिनायकवादीको विरुद्धमा खवरदारी समेत गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।