निर्माणाधिन अपाङ्गतामैत्री शौचालय निर्माण कार्य अन्तिम चरणमा

असार २४,धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका ३ ताङखुवा स्थितको सोभित प्राथमिक विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ७ लाख लगतमा शौचालय निर्माण गरिएको विद्यालयका प्रधानध्यापक सकुन्तला बस्नेतले बताउनु भयो ।

विघटित प्रतिनीधिसभा सांसद राजेन्द्र राईको पहलमा निर्माण भईरहेको शौचालय निर्माण कार्य अहिले ९० प्रतिशत पूरा भएको विद्यालयले जनाएको छ ।

निर्माणाधिन शौचालयको प्रतिनीधिसभा सांसद राई सहित गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्बू , उपाध्यक्ष भिमकला श्रेष्ठ , वडा अध्यक्ष ज्ञान बहादुर लिम्बूको टोलिले अनुगमन निरिक्षण गरेको छ ।

अनुगमनको क्रममा विद्यालय व्यवस्थापन समिति र विद्यालयका शिक्षकहरूले विद्यालयलाई थप व्यवस्थित र मापदण्ड अनुसार सञ्चालनका लागि संघ तथा स्थानिय सरकार समक्ष बालउद्यान व्यवस्थापनको माग गरेका थिए । यो विद्यालयमा हाल ४० जना छात्राछात्र अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖