एकल महिला तथा महिला समूहलाई उन्नत जातका बाख्रा वितरण
असार २४,धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिकाका एकल महिला तथा महिला समूहलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
गाउँपालिकाको एकल महिला तर्फ वडा नं ४ र ५ र महिला विकास समूह तर्फ वडा नं २,३,४ र ६ लाई बाख्रा वितरण गरिएको हो ।
महिलाहरुको जिविकोपार्जन सुधारका लागि आर्थिक वर्ष २०७७,७८ को महिला विकास तर्फ ३ लाख र एकल महिला तर्फको विनियोजित १ लाख वजेट मार्फत बाख्रा खरिद गरि वितरण गरिएको महिला वालवालिका विकास शाखाका प्रमुख प्रकृती राईले जानकारी दिनुभयो ।
बाख्रा एक समूहका ५ जनालाई एक-एक वटा वितरण गरिएको उहाँले वताउनुभयो । बाख्रा वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मनोज राई,उपाध्यक्ष रत्नश्वरी राई,प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतको उपस्थिती थियो ।


