धनकुटामा पु:न निशेधाज्ञा थप
धनकुटा, असार २५ । कोरोना संक्रमणको जोखिम पछिल्ला दिनगरुमा जिल्लामा अपेक्षाकृत नियन्त्रणमा आउन नसकेकोले आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति धनकुटाको बैठकले असार ३१ गते राती १२ बजेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञालाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
खाद्यन्न,तरकारी, फलफूलका पसल विहान ६ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाईने भएको छ । पुस्तक तथा पत्रपत्रिका पसल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि सन्चालन गर्न पाइने छ ।
बैंक तथा वितिय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सेवा प्रदान गर्ने साथै २४ घण्टा एटीएम सेवाहरु खुल्ला रहनेछन् ।
लाई सुरक्षा मापदण्डको पालना गर्दै नियमित रुपमा खोल्न दिईने भएको छ ।
विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने अन्य संघ संस्थाहरु भने बन्द रहने छन् । खुला रहने स्थानहरु समेत संचालन गर्दा पूर्ण रुपमा स्वाथ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने छ ।
कार्य स्थलमा काम गराउँदा पञ्जा, माक्स, सेनिटाइजर लगायतका स्वाथ्य सामग्री संवन्धीत रोजगार दाताले कामदारलाई उपलब्ध गराउन समेत भनिएको छ ।







