पहाडी र सल्लेरी समुहले पाए करिव १४ लाख अनुदान

नारायण कुमार राई/धनकुटा,२५ असार । छथर जोरपाटी गाउँपालिका धनकुटाले किवी र खुर्सानी पकेट क्षेत्र प्रवद्र्धनका लागि लक्षित गरेर कृषकहरुलाई १३ लाख ८४ हजार बराबरको कृषि सामाग्री दिएको छ ।

पालिकाले ५० प्रतिशत अनुदानमा किवी पकेट क्षेत्रलाई लक्षित गरेर ७ लाख ४६ हजार र खुर्सानी पकेट क्षेत्रका लागि ६ लाख ३८ हजार बराबरको कृषि सामाग्रीहरु दिएको हो ।

पालिकाको कृषि शाखाले किवी खेतीका लागि वडा नं. ६ को पहाडी किवी,तरकारी उत्पादक समुह र खुर्सानी खेतीका लागि वडा नं. २ को सल्लेरी कृषि समहुलाई सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

कृषि शाखाका अधिकृत मिलन कार्कीका अनुसार किवी खेतीका लागि ४ लाख ९५ हजार बरावरको १ हजार ६ सय ५० वटा ग्राफ्टिङ गरिएको बिरुवा पहाडी समुहलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै ७० हजार बरवरको २ वटा किवी रोप्नका लागि खाडल खन्ने मेसिन,२६ हजार बरावरको २ वटा डिजिटल काँटा(तराजु),२१ हजार बरावरको २१ वटा सि–केचर दिईएको छ ।

त्यस्तै १ लाख १० हजार बरावरको सिंचाई पाईप र २४ हजार बरावरको २१ वटा स्प्रिङ कल पहाडी समुहलाई दिईएको छ ।

खुर्सानी खेतीका लागि १ लाख ६० हजार बरावरको २ केजी खर्सानीको बीउ,१ लाख बरावरको बिषादी र भिटामिन सल्लेरी समहुलाई दिईएको छ ।

त्यस्तै १२ हजार बरावरको एउटा डिजिटल काँटा,१ लाख ८० हजार बरावरको २ वटा मिनी टिलर,३८ हजार बरावरको ३८ थान कोदालो दिईएको छ ।

त्यस्तै २ लाख बरावरको सिंचाई पाईप,६६ हजार वराबरको ११ थान हिलटेक,६० हजार बरावरको ११ थान प्लास्टिक टनेल दिईएको छ ।

त्यस्तै १२ हजार बरावरको स्प्रिङ कल ३० वटा र १० हजार बरावरको १० वटा पानी लगाउने हजारी दिईएको छ ।

सम्पूर्ण सामाग्रीहरु पहाडी समुहका अध्यक्ष दिपक गुरुङ र सल्लेरी समुहका चक्रबहादुर थापा लगायत किसानहरुको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको कृषि शाखाले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।