अन्तत: छुटे प’क्राउ परेका जनप्रिय वडा अध्यक्ष
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष सोवित निरौला रिहा हुनुभएको छ ।
पाख्रीवास नगरपालिकाको ८ औं नगरसभाको विषयलाई लिएर नगरले लगाएका मुद्वामा गत असार १७ गते प्रहरी समक्ष स्वयम् गिरफ्तारी दिनुभएका वडाध्यक्ष निरौला ८ दिनपछि धरौटीमा रिहा हुनु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
रिहा हुँदैगर्दा वडाध्यक्ष निरौलाले जिल्ला प्रशासन कार्यालय समक्ष स्थानिय सरकार सञ्चालन ऐन मा उल्लेखित वडाध्यक्षको काम कर्तव्य र अधिकार अनुसार आफुले वडामा काम गर्न पाउनु पर्ने माग राख्नुभएको छ ।
साथै उहाँले सत्यका लागि आफ्नो जीवन पर्यान्त सम्म आफु संघर्ष गरिरहने पाख्रीवास नगर र वडावासी समक्ष प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
के भएको थियो नगरसभाको दिन यो हेर्नुहोस्…
पाख्रीबास नगरपालिकाको आठौं नगरसभा, हात हालाहाल देखि तोडफोडसम्म ! यसरी ल्याइयो बजेट
धनकुटा । विभिन्न ४ राजनैतिक दलले पाख्रीवास नगरपालिकाका वडा परिषद पून: नगरे स-शक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
उनिहरुले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि वडागत योजना छनौट गर्दा एक दलिय राजनीतिक कार्यकर्ता मात्र राखेर वडा गत योजना छनौट गरेको भन्दै वडा परिषद पून नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
यहि विषयमा हिजो छलफल गराउन माग गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमाले खनाल नेपाल समूह र जनता समाजवादी पार्टीले नगर प्रमुखलाई प्रेस विज्ञप्ति वुझाएका थिए तर सुनुवाई नभएपछि त्यस्तो चेतावनी दिनु परेको नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीले वताउनुभयो । उहाँले २४ घण्टा भित्र यो विषयमा नगरले छलफल गराउनुपर्ने यदी नगराए आन्दोलनमा उत्रने वताउनुभयो ।
यदि २४ घण्टाभित्र आफुहरुलाई छलफलको लागि नबोलाइए ४८ घण्टाभित्र नपाका सम्पूर्ण वडा कार्यालयहरुमा तालाबन्दी गर्ने साथै थप आ’न्दोलनका कार्यक्रमहरु अघि ल्याउने पनि सभापति भण्डारीले बताउनु भयो ।
यसैवीच विरोधका वीच पाख्रीवास नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गरेको नगरपालिकाका सूचना अधिकारी किरण राईले वताउनुभयो ।
सुचना अधिकारी राईका अनुसार आव २०७८/०७९ का लागि कुल रु. ५० करोड ५० लाख २० हजारको अनुमानित आय र व्ययको बजेट प्रस्तुत गर्दै आठौँ नगरसभा सम्पन्न गरिएको छ ।
यता वडा परिषदको विषयमा छलफलको प्रस्ताव राख्न गएको पक्षका एक जनालाई नगर सदस्यले हात हालेको समेत जनाईएको छ । नेपाली कांग्रेस पाख्रीबास नगर सभापति प्रेम भण्डारीका अनुसार स्थानिय युवा रवी पौडेललाई नगर सदस्य तथा ३ वडा सदस्य(कार्यवाहक वडाअध्यक्ष) सरोज राईले हात लगाएको वताउनुभयो ।
बाहिरबाट युवाहरु नगरसभा हुंदै गरेको स्थानमा प्रब्श गरेपछि भीडभाडमा धेरैको ठेलाठेल भएको तर वडा सदस्य राईले नै कसैलाई हात नहालेको सुचना अधिकारी राईले बताउनु भयो ।
सभाहलमा तनावको स्थिति पैदा भएसंगै बाहिर रहेका केही युवाहरु आक्रोसमा आई नपाको केही झ्यालका शीसाहरु समेत फुटाएको छ भने कार्यक्रम स्थलमा राखिएका कुर्सीहरु फ्यॉंकेका थिए ।
वडा ४ का वडाअध्यक्ष शोवित निरौलाका अनुसार आफु र सचिवलाई समेत थाहै नदिइ वडा परिषदको बैठक बसेर केही वडा सदस्यको कृते हस्ताक्षर समेत गरि नपामा पेश गरिएको पत्रमा नगरप्रमुखले तोक लगाइदिएर मलाई ज्यूंदै मा’रेको पनि आ’रोप लगाउनु भयो साथै वास्तविकताको छानविन नगरि अगाडि बढिए आफु आमरन अनशनमा बस्ने पनि बताउनु भयो ।
नगरसभा सुरु भएसंगै राष्ट्रिय गीत सकिए लगत्तै नपा वडा ४ का वडाअध्यक्षले नगरसभा बाहिष्कार गरेको भन्दै बाहिरिएका थिए ।
स्थिति तनावपूर्ण बन्न खोजेपछि सुरुमा बैठक स्थगित गरि जिल्लाबाट नेपाल प्रहरी र श’सस्त्र प्रहरी बल समेत मगाइएको थियो ।
यो पनि हेर्नुहोस्
धनकुटा । नेपाली कांग्रेस धनकुटा लगायत विपक्षी गठनबन्धनले पाख्रीवासका केही जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार तथा जनतालाई हात हाल्ने सम्म गरेको कार्यको सशक्त प्रतिरोध गर्ने जनाएका छन् ।
आज पाख्रिवासमा भएको सर्वदलिय भेलामा विपक्षी गठबन्धनका नेताहरुले त्यस्तो वताएका हुन भने नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला कार्य समितिको बैठकले पनि पाख्रीवास नगर प्रमुख लगायत जनप्रतिनिधिहरुबाट भएको ज्याजती र दुव्र्यवहारको कडा विरोध गर्ने सत्ता पक्ष र प्रशासनले हस्तक्षेप र दमन गरे सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ ।
पाख्रीवास नगर प्रमुख बृष वहादु राई वडाहरुको बजेट व्यापक कटौती गरेको र जनप्रतिनिधिहरुको गैर जिम्मेवारी प्रस्तुतीको विरोधमा धर्ना तथा प्रर्दशनमा गएका विपक्षी गठनबन्धनका नेता तथा कार्यकता तथा जनता माथि केही जनप्रतिनिधिहरुले दुव्यवहार गर्दै हात हाल्ने कार्य समेत गरी उत्तेजित बनाउन कार्य गरेपछी त्यसको प्रतिरोध भएको घट्नाको वारेमा आयोजित पाख्रिवासमा भएका विपक्षी गठनबन्धनको भोलामा धनकुटाका सत्ता पक्षका नेता र प्रशासनले अन्याय र जवरस्ती गरे सशक्त प्रतिरोध गर्ने वताएका हुन ।
उनीहरुले ओली प्रबृत्तिको सशक्तका साथ सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रने समेत वताएका छन । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरुको गैरजिम्मेवार र उत्तेजित प्रस्तुती गर्दै हात हाल्दै दुव्र्यवहार गर्ने कार्य गरेको कारणले भएको घट्नाको प्रतिरोध गरेको विषयलाई अतिरंजित बनाएर कांग्रेसलाई बदनाम गर्न प्रयास भैरहेकाले यसको कडा विरोध गर्दै सत्ता पक्ष र प्रशासनले अव पनि अन्याय गरे शसक्त प्रतिरोध गर्ने वताउनु भयो ।
पार्टीका जिल्ला कोषाध्यक्ष तथा नेपाल तरुण दल धनकुटका जिल्ला अध्यक्ष दिनेश राईले नेकपा एमाले ओली समुहहरुले कांग्रेसको बदनाम गर्ने र कांग्रेसजन लगायत विपक्षी गठनबन्धनलाई धम्काउने तर्साउने कार्य गरिरहेकोले त्यसलाई अभिलम्ब नरोकेमा नेपाली कांग्रेस धनकुटाले त्यसको कडा प्रतिरोध गर्दै जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावानी दिनु भयो ।
त्यस्तै जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्गले नेकपा एमाले ओली पक्षका पाख्रीवास नगरका जनप्रतिनिधिहरुले गरेको जनविरोधी क्रियकलापको १० वटै वडामा भण्डारफोर गर्ने वताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सदस्य जयन्द्र घिसिङ,लोकेन्द्र घिसिङ्ग,निलम थापा,गोर्ख वहादुर पिठाकोठे,नेकपा माओवादी केन्द्रका नेता योगेन्द्र निरौला,नेपाली कांग्रेस पाख्रिवास नगर सभापती प्रेम भण्डारी,नेकपा माओवादी केन्द्रका अध्यक्ष मुक्ति वजगाई,ओमप्रकाश निरौला,नेकपा एमाले माधव सुमुहका अध्यक्ष तथावडा नं ४ का वडाध्यक्ष सोवित निरौला,जसपाका नेता डम्वर राई लगायतले संघियताको मर्म विपरित अलोकतान्त्रिक ढंगले वडाका वजेट व्यापक कटौती र चरम भ्रष्टचार मेयर राईले गरेकोमा यसको भण्डारफोर गर्दै जनता समक्ष जाने वताएका छन्।
उनिहरुले नगर प्रमुख र जनप्रतिनिधिहरुले प्रर्दशनमा गएका नेताहरुप्रति गरेको दुव्र्यवहार र केही जनप्रतिनिधिहरुले जनतालाई हात पात समेत गरेको घट्नाको व्यापक विरोध गर्दै त्यसपछी भएको घट्नाको सम्पूर्ण जिम्मेवारी मेयर स्वयमले लिनु पर्ने समेत वताएका छन् ।
कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र पाख्रीवासका सचिव बलाराम खड्काले गर्नु भएको थियो । पाख्रिवास नगर प्रमुखले वडाहरुको बजेट व्यापक कटौती गरी अधिनायकवादी शैलीमा बजेट बिनियोजन गरेकोमा यसको भण्डारफोर गर्दै परिषदको दिन जनप्रतिनिधिहरुबाट भएको घट्नाका वडा वडामा गएर विरोध गर्ने ,जनप्रतिनिधिहरुले गरेको व्यापक भष्ट्राचार वारे जनतालाई जानकारी गराउने र आन्दोलनलाई सशक्त बनाउदै वडा तहसम्म विपक्षीगठन बन्धनको संयूक्त संयन्त्र निर्माण गर्ने सर्वदलिय भेलाले निर्णय गरेको नेपाली कांग्रेस पाख्रिवास नगर सभापती प्रेम भण्डारीले जानकारी दिनुभयो ।
धनकुटा जिल्लाका विपक्षी गठनबन्धनका नेताहरुले पाख्रीवास नगरका प्रमुख लगायत जनप्रतिनिधिहरुले गरेको ज्याद्ती र दूव्र्यवहारको ७ राजनैतिक दलको गठनबन्धनले सशक्त प्रतिकार गर्दै आवाश्यक परे धनकुटा जिल्लाभरीकै शक्ति केन्द्रित गरी प्रर्दशन गरी आन्दोलन गर्ने वताएका छन ।
नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले पाख्रिवास नगर पालिकाका प्रमुख बृख वहादुर राईले अधिनायकबादी शैलीमा जवरस्ती ढंगले वडाको वजेटहरु व्यापक कटौती गरेपछी नगर परिषदको दिन शान्ति पूर्ण विरोध गर्न र धर्ना दिन गएका नेपाली कांग्रेस लगायत विपक्षी गठवन्धनका नेता तथा कार्यकर्तामाथि नगर प्रमुख र केही जनप्रतिनिधिहरुले गरेको आपत्तिजक प्रस्तुती दुव्र्यवहार र केही जनप्रतिनिधिहरुले हात हाल्ने समेत काम गरी उत्तेजित बनाउने कार्य गरेकोे विरोध गर्दै अव पनि हस्तक्षेप र दमन गरे कडा प्ररोधमा उत्रने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
सत्ता पक्ष र प्रशासनले दमन र हस्तक्षेप गरे त्यसको प्रतिरोध गर्न नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेस लगायत सवै विपक्षी गठनबन्धनका नेता तथा कार्यकर्ता र आम पाख्रीवासका जनसमुदायलाई आग्रह गरेको छ ।


