कोरोना संक्रमित विरामीलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । धनकुटा कोडिभ अस्पताल तथा आइशोलेसन सेन्टरमा उपचारत विरामीहरुलाई आज नेपाली कांग्रेस धनकुटाले पोषिलो खानेकुरा तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरमा उपचाररत सहिदभूमी गाउपालिकाका कांग्रेस सहसभापती तोर्ण खड्का लगायतका विरामीहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिदै मास्क,स्यानिटाईजर र पोषिलो खानेकुरा प्रदान गर्नु भएको छ ।

त्यस्तै उहाँले आईशोलेसन सेन्टरबाट उपचार गराई कोरोनालाई जितेर निको भएर घर जान लाग्नु भएका कांग्रेस नेता नेपाल दलित संघ धनकुटाका जिल्ला अध्यक्ष शिव विक लगायत ५ जनालाई बधाई दिदै मास्क र स्यानिटाईजर प्रदान गर्नु भएको थियो ।

सो अवसरमा उनिहरुले सचिव राईलाई सामाजिक सेवामा सक्रिय हुनुभएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै सचिव राईले धनकुटा नगरपालिका वडा नं ९ का कांग्रेस सभापती प्रेम खत्री,वडा नं ८ का यूवा नेता बिचकर्ण राई, वडा नं १० का तरुण दलका वडा सभापती सुरेश श्रेष्ठ,वडा नं ६ का महिला नेता तथा निर्वाचित महिला सदस्य हिरादेवी राईलाई पनि भेटघाट गरी त्यस क्षेत्रमा कोरोनाको अवस्था र स्वास्थ्य स्थितिको वारेमा समेत जानकारी लिदै कोरोनाबाट वच्ने उपायाको वारेमा परार्मश गर्दै मास्क प्रदान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।