ज्यादती र दुर्ब्यवहार विरुद्ध सशक्त प्रतिकार गर्न धनकुटाका चार विपक्षी गठबन्धन दलको अपिल

धनकुटा,२५ असार । धनकुटामा क्रियाशिल चार विपक्षी गठबन्धन दलहरुले आज लोकतन्त्र शुसाशनका लागी नागरिक सम्वाद कार्यक्रममा धनकुटामा ओली पक्षीय जनप्रतिनिधिहरुबाट भइरहेको ज्यादती र दुव्र्यवहार विरुद्ध सशक्त प्रतिकार गर्न अपिल गरेका छन ।

धनकुटा जिल्लाका स्थानिय तहहरुले आगमी आर्थिक बर्षका लागि वजेट विनियोजनगर्दा संघियता र लोकतन्त्रको भावना विपरीत गई वडा तहहरुको लागि बजेट व्यापक कटौती गरेको र पालिकाका प्रमुखहरुले फरक मत राख्ने जनप्रतिनिधिहरु र जनताहरुलाई दुव्र्यवहार,ज्यादती गर्ने अपमान गर्ने दुख दिने कार्य गरिरहेकोले चार विपक्षी गबन्धन दलले आज लोकतन्त्र र शुसासनका लागी नागरिक सम्वाद कार्यक्रममा उनीहरुको ज्यादती विरुद्ध प्रतिकारमा उत्रन अपिल गरेका हुन ।

पाख्रिवास वडा नं. ४ मा वडाध्यक्षकै अनुपस्थितिमा वडा भेला तथा परिषद गरी बजेट बिनियोजत गर्ने कार्य गरेकोमा वडाध्यक्ष लगायतका वडावासीहरुले विरोधगर्दा उल्टै झुठा मुद्धा लगाउने प्रहरी प्रशासनलाई दवाव दिएर गिरफ्तारी गर्ने र दुख दिनेकार्य ज्वलन्त उदाहरणको रुपमा लिन सकिने चार द्धारा जारी अपिलमा उल्लेख गरिएको छ ।

स्थानियहरु र कतिपय संसद विकास कार्यक्रमहरुको वजेट विनियोजन गर्दा आफु अनुकुलको उपभोक्ता समितिहरुमा मात्र दिने उपभोक्ता समितिहरु अनुकुल नभएमा रकम अन्यत्रै लैजाने र त्यस्ता वजेटहरुमा व्यापक भष्टचार भएको कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

लोकतन्त्र र संघियताको भावना विपरित धनकुटाका स्थानीय तहरुबाट भैरहेको जनविरोधी र स्वच्छाचारी शैलीको अव जनस्तरबाटै राजनैतिक ढंगले ,सामाजिक ढंगले शसक्त प्रतिवाद गदै स्थानीय तह लगायत अन्य क्षेत्रमा भैरहेको चरम भ्रष्ट्रचार र अनियमिताको जनस्तर सम्म भण्डाफोर गर्दै कानूनी िहिसावले समेत लडाई लड्नका लागी समेत विपक्षी चार गठबन्धनका नेताहरुले सवैमा अपिल गरेका छन ।

नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको लोकतन्त्र र शुसासनका लागी नागरिक अन्तरसम्वाद कार्यक्रममा नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगानाले अपिल पढेर सुनाउनु भएको र कार्यक्रमको उदेश्यमाथि जसपा धनकुटाका अध्यक्ष बल वहादुर राईले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको संचालन नेकपा एमाले माधव समुहका धनकुटका सचिव खगेन्द्र सुवेदीले गर्नु भएको थियो भने कार्यक्रममा प्रध्यापक डा. गोपाल वहादुर भट्टराई,नेपाली कांग्रेस धनकुटाका नेता आनन्द सन्तोषी राई,धनकुटा जिल्ला विकास समितिका पूर्व सभापती धर्मराज पौडेल पूर्व गाविस अध्यक्ष तिलक प्रसाद राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,पक्राउ परी रिहा हुनु भएका पाख्रिवास नपा वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला लगायतले नेकपा ओली पक्षले गरिरहेको भ्रष्टाचार लगायत जनविरोधी क्रियाकलापको जनस्तर सम्म भण्डारफोर गर्नु पर्नेमा जोड दिनु भयो ।

नेकपा एमाले माधव समुहका अध्यक्ष अर्जुन राई,नेपाली कांग्रेस धनकुटाका सचिव  राई,जिल्ला सदस्य ज्ञान वहादुर गुरुंग, जसपाका उपाध्यक्ष विकास घिमिरे,पार्वती राई,नेपाली कांग्रेस धनकुटाका नेता टिका भण्डारी,धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनकुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेठ लगायतका जनप्रतिनिधिहरुले समेत कार्यक्रममा सुझाव दिदै आन्दोलनलाई व्यापक रुपमा संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।