जोखिमकै बिच धनकुटामा निषेधाज्ञा खुकुलो,चहल पहल समेत बढ्यो

धनकुटा,२६ असार । धनकुटामा १ सय ९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका अबस्थामा निषेधाज्ञा खुकुलो बनाइए संगै चहल पहल समेत बढेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यालय धनकुटाले आजबाट निशेधाज्ञा धेरै खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।

आजै बाट धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा संचालन आएका छन् । होटल, रेष्टुरा,साना चिया पसल पनि खुल्ला गरिएको छ ।

विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने स्थान भने संचालन गर्न दिएको छैन् । खुला रहेने स्थानहरु समेत संचालन गर्दा पूर्ण रुपमा स्वाथ्य मापदण्डको पालना भने अनिवार्य गर्नु पर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै बैशाख २२ गते देखि धनकुटामा निशेधाज्ञा लगाईएको थियो । धनकुटामा अझै गाउँ घरमा समेत कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।-फाइल तस्बीर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।