११ औं पुण्य दिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आफ्नो पार्टीका मुर्तिढुंङ्गाका पूर्व सभापती राम वहादुर वराल र महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा उप-सभापती रुप वहादुर वरालकी आमा कांग्रेस अभिभावक धनमाया वरालको ११ औं पुण्य दिनको अवसरमा आज मूर्तीढंगामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ स्थित कोलचौरको धनसारमा कांग्रेसद्धारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटा कांग्रेसका अभिभावक धनमाया वरालको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको वताउदै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो । साथै परिवारजनमा समवेदना व्यक्त गर्नु भयाे ।

सो अवसमा उहाका छोराहरु नेपाली कांग्रेसका मूर्तीढुंगाा पूर्व सभापति राम वहादुर वराल,महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा उपसभापती रुपम वहादुर वराल ,नेपाली कांग्रेस धनकुटा कार्यालयका कम्प्युटर प्राविधक भरत श्रेष्ठ लगायतले समेत श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सचिव राईले पार्टीका मुर्तिढुंङ्गाका पूर्व सभापती वराल र महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा उप-सभापती वरालकी आमा स्व. धनमायाको फोटोमा फुलमालाल लगाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र समेत प्रदान गर्नु भएको थियो ।

धनमायाको ९७ बर्षको उमेरमा गत असार १६ गते असमायिक निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।