धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरका विरामीहरुका लागि विभिन्न सामाग्री प्रदान
असार २७,धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज विहान धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरका विरामीहरुका लागि चना, अण्डा लगायतका पोषिलो खाद्यान्न सामाग्रीहरु प्रदान गरिएको छ ।

धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरमा उपचारत विरामीहरुका लागि धनकुटा उद्योग बाणिज्य संघ र संघको पहलमा धनकुटा उद्योग बाणिज्य संघका सदस्य हिलेका यूवा व्यवासायी गोविन्द दाहालले चना,अण्डा लगायत पोषिलो खाद्य सामाग्रीहरु प्रदान गर्नु भएको हो ।
उद्योग वाणिज्य संघका अध्यक्ष तथा धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य विजय सन्तोषी राई,संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य तथा यूवा व्यावसायी गोविन्द दाहालले ती समाग्रीहरु कोरोना संक्रमित विरामी र संक्रमितहरुलाई खाना खाजा खुवाउदै आउनु भएकी क्यानटिन सञ्चालिका संगिता गुरुङ्गलाई प्रदान गरेका थिए ।

यस अघि पनि कांग्रेस जिल्ला सचिव समेत रहनु भएका यूवा समाजसेवी विजय सन्तोषी राईले धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरमा उपचाररत विरामीहरुलाई पोषिलो खानेकुरा, सहित स्वास्थ्य समाग्री प्रदान गर्नु भएको थियो ।


