सहिदभुमि गाउंपालिका ४ खोकुकी राईलाई रु १ लाख नगद सहित यसरी गरियो सम्मान

असार २७,धनकुटा । विज्ञान विषय अध्ययनरत धनकुटाको सहिदभुमि गााउपालिका वडा नं ४ खोकुकी विद्या राईलाई वडाले १ लाख नगद प्रदान गर्दै सम्मान गरेको छ ।

खोकु घर भई हाल धरान सि.सि.टी धरान हात्तीसार क्याम्पसमा बिएसी दोस्रो वर्षमा अध्ययनरत राईलाई वडाले एक कार्यक्रमको वीच नगद सहित सम्मान गरेको हो । वडा नं ४ मा दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले विद्यालाई प्रोत्साहान स्वरुप सम्मान तथा नगद हस्तान्तरण गरिएको वडा नं ४ का वडा अध्यक्ष भुपेन्द्र राईले बताउनु भयो ।

यसरी गाउँघरका नयाँ पुस्ताले विज्ञान विषय पढ्दा हाल गाउँघरमा यो विषय पढाउने शिक्षक अभाव हुने समस्या आगामी दिनमा समाधान अपेक्षा लिएको अध्यक्ष राईले बताउनुभयो । साथै उहाँले आर्थिक अभावका कारण गुणस्तरिय शिक्षा लिनबाट कोहि पनि पछि नपरुन भन्दै गुणस्तरिय शिक्षा तर्फ आकर्षण बढाउन वडाले प्रोत्साहान स्वरुप नगद सहित सम्मान कार्यक्रम राखेको बताउनु भयो ।

नगद सहित सम्मानित विद्यार्थी विद्या खोकु बाटै एसइइ पास गरेकी विद्यार्थी हुन् । आफु सम्मानित भएपछि खुशी व्यक्त गर्दै वडाले आफ्नो पढाई अगाडि बढाउन दिएको सम्मान खेर जान नदिने र विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेर आफ्नै गाउघरमा उदाहरणीय काम गर्ने प्रेरणा मिलेको बताउनुभयो ।

उहाँले आफ्नो बुवा वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेर आफुलाई पढाई खर्च वेहारिरहेको अवस्थामा झन वडाले नगद सहित सम्मान गरेको समाचार हेरेपछि बुवालाई समेत हौसला मिल्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि संघिय सॉंसद राजेन्द्र कुमार राई , विशेष अतिथि प्रदेश १ न्यायिक तथा विद्यायन समितिका संयोजक ईन्द्रमणी पराजुली अतिथि गााउपालिका अध्यक्ष मनोज राई लगायतले नगद तथा सम्मान पत्र प्रदान गर्दै खदा ओढाएर सम्मान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।