धनकुटामा फेरी उकालो लाग्यो कोरोनाको संक्रमणदर
धनकुटा,२८ असार । केहि दिन कोरोनाको संक्रमण घट्दै गएको धनकुटामा फेरी कोरोना संक्रमण उकालो लागेको छ ।
आज धनकुटामा ६९ जना कोरोना संक्रमित थपिएका संगै सक्रिय संक्रमितको संख्या २ सय २६ पुगेको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो जारी गरेको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज १० जना पनि कोरोना संक्रमण मुतm भएको जनाईएको छ । २ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने १३ जना संस्थागत आइसोलेसनमा र ६ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकीय अधिकृत बिक्रम लिम्बु द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृत्यू हुनेको संख्या ८ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निशेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।
शनिबार बाट धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा संचालन आएका छन् ।



