बृहत बाख्रा पकेट प्याकेज कार्यक्रम शूरु

धनकुटा,२८ असार । धनकुटाको सहिदभुमि गाउपालिका वडा नं १ सफाईटरामा बृहत बाख्रा पकेट प्याकेज कार्यक्रम शूरु भएको छ ।

गाउपालिकाको वडा नं १ लाई मासुमा आत्मानिर्भर वनाउने तथा व्यवसायिक रुपमा बाख्रपालन व्यवसाय विस्तार गर्ने उद्देश्यले सफाईटार जल उपभोक्ता कृषक सिचाई संगठनका ५० घरधुरी कृषक बाट बाख्रा पकेट प्याकेज कार्यक्रमको शूरु गरिएको हो ।

२० लाख लगानिबाट शूरु गरिएको पहलो चरणको बाख्रा पकेट कार्यक्रम अन्तरगत १५ जना कृषकले आधुनीक बाख्रको खोर निर्माण गरेको र ती कृषकहरुलाई दुई वटा वीउ बोका वितरण गरिएको सहयोगी संस्था जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाका प्रमुख देव कुमार दर्लामीले जानकारी दिनु भयो ।

वृहत बाख्रा पकेट प्याकेज कार्यक्रम अन्र्तगत निमार्ण गरिएको बाख्राको खोरको गाँउपालिकाले अवलोकन तथा अनुगमन गर्दै वीउ बोका वितरण गरेको छ । अनुगमन तथा वितरण कार्यक्रम नेकपा एमाले धनकुटाका अध्यक्ष एवम प्रतिनीधिसभा संसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संसद राईले कृषकलाई वीउ बोका वितरण गर्दै कार्यक्रममा गरिवी निवारण तथा आर्थिक पछौटेपन हटाउन संघ तथा तिनै तहका सरकारले बृहत रुपमा लगानी तथा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । उहाँले यस्ता कार्यक्रमले कृषकको जिवन स्तर सुधार हुदै गईरहेको समेत बताउनु भयो ।

बाख्रापालन व्यवसाय व्यवसायीक रुपमा गर्न सके सहिदभुमिले समृद्धि हाँसिल गर्न कुनै कष्ट गरिरहन नपर्ने दावी पनि उहाँले गर्नु भयो । सबै कृषकलाई व्यवसायीक रुपमा कृषि क्षेत्रमा लाग्न आग्रह गर्दै गोठमा खोरमा दुई वटा बाख्रा गाई पालेर एक भारी मकै उत्पादन गरेर व्यवसायी बन्न नस्क्ने भन्दै जबसम्म व्यवसायीक्तामा लागेर बृहत रुपमा उत्पादन गर्दैन तब सम्म कृष धनी बन्न नसक्ने उहाको भनाई थियो ।

त्यस्तै गरी कार्यक्रमा बोल्नु हुदै गाउपालिका अध्यक्ष मोनोज राईले निर्वाह मुखी कृषि प्रणालिलाई बदल्न सहिदभुमिको समृद्धीका लागि गाउपालिकाले बृहत रुपमा पकेट तथा प्याकेजका कार्यक्रम अगाडि बढाईरहेको जानकारी दिनुभयो ।

जनता धनी हुन सकियन भने देश धनी हुन नसक्ने भन्दै गाउपालिकाको जनताको जिवन स्तर सुधारनका लागि कृषकलाई चाहिने कृषिजन्य सामग्री , मल वीउ , प्राबिधिकको व्यवस्था गरिरहेको उहाँले बताउनुभयो । वृहत वाख्रा पकेट प्याकेज कार्यक्रमको वारेमा सफाईटार जल उपभोक्ता संगठनका अध्यक्ष सोमनाथ खड्काले जानकारी गराउनुभएको थियो ।

सोही क्रममा उहाँले कार्यक्रमका लागि प्राप्त रकम कुन कुन शिर्षकमा खर्च गरियो भनि स्पष्ट पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव दूर्गा खड्काले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।