सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै धनकुटा साथै पाख्रीबासमा गरियो दिप प्रज्वलन

धनकुटा,२८ असारं सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन स्थापना गर्दै दुई दिन भित्र नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको निर्णय प्रति नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लाभरी दिप प्रज्वलित गरी स्वागत गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापनाको स्वागत गर्दै धनकुटा जिल्ला सदरमुकाम स्थित सहिद भीम नारायण चौकमा नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेल,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,नेकपा एमाले माधव समुहका नेता तथा पाख्रिवास वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला, नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुग,निलम थापा,जिल्ला सदस्य तथा वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला लगायत दिप प्रज्वलित गर्नु भएको थियो ।

यसैगरी नेपाली कांग्रेस धनकुटा नगरका उपसभापती मिलन खड्गी,वेनु वस्नेत,नेपाली कांग्रेस पाख्रिवासका सभापती प्रेम भण्डारी,कोषाध्यक्ष विर वहादुर थापा,वडा नं. ४ का सभापती श्याम प्रकाश राई,खेम वरुवालनेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,यूवा नेता मदन घिमिरे,नेपाल तरुण दलका जिल्ला सदस्य सन्तोष मानन्धर,घोर्लीखर्कमका नेपाल तरुण दलका अध्यक्ष पासाङ्ग तामाग लगायतका नेताहरुले दिप प्रज्वलित गदै शुभ कामना दिदै अदालतको निर्णयको स्वागत गर्नु भएको थियो ।

सर्वोच्व अदालतले संविधानको रक्षा गर्दै संविधान अनुरुप निर्णय गरेको दिप प्रज्वलित पछी आयोजित स्वागत कोण सभामा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
यसैगरी नेपाली कांग्रेस धनकुटा र नेपाल तरुण दल पाख्रिवासले पाख्रिवास बजारमा पनि सर्वोच्च अदालले प्रतिनिधि सभा पुर्नस्थापना गरेकोमा स्वागत गर्दै दिपावली गरेको तरुण डिफेन्स फोर्स पाख्रिवासका संयोजक विमल गुरुङ्गले वताउनु भयो ।

पाख्रिवासमा आयोजित दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु गंगा गुरुग,भक्त गुरुग,ज्योती गुरुग,नेपाल तरुण दल पाख्रिवासका अध्यक्ष रवी राई,तरुण डिफेन्स फोर्सका संयोजक विमल गुरुग,मिन राज गुरुग,सन्तोकी गुरुग,गणेश गुरुग,गोकुल घिमिरे,सञ्जय मगर,रवी पौडेल लगायतका नेताहरु लगायत सयौले सर्वोच्व अदालतको निर्णयको स्वागत गर्दै दिप प्रज्वलन गर्नु भएको थियो ।

सभामा पाख्रीबास नपा ४ का वडा अध्षक्ष शोवित निरौलाले गल्ती कस्को हो फाइल पल्टाउनुस्,यदि म गलत रहेछु नै छु भने कानुनको कठघारामा आफु उभिन तयार रहेको बताउनु भयो साथै भएका र गरिएका कामहरुका सही फाइलहरु सबै च्यातेर आफुलाई फसाउन लागिएको वहॉंको भनाई थियो ।

धनकुटा जिल्लाभरी नै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले र,सर्वोच्च अदातले प्रतिनिधि सभा पुन स्थापना गर्दै दुई दिन भित्र नेपाली कांग्रेसका सभापती शेर वहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको निर्णय प्रति दिप प्रज्वलित गरी स्वागत गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।