पाख्रीबास नगरसभा घटनामा आ’रोपित ७ जना रिहा

असार २९,धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी सहित ७ जना कांग्रेस नेताहरु रिहा भएका छन् ।

धनकुटाको पाख्रीवास नगर परिषदमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको खोजीमा रहेका नेपाली कांग्रेस पाख्रीवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी,जिल्ला सदस्य निलम थापा,पाख्रीवासका कोषाध्यक्ष वीर वहादुर थापा,वडा नं ४ का सभापती श्याम प्रकाश राई,नेपाल तरुण दलका जिल्ला सदस्य सन्तोष मानन्धर,घोर्लीखर्कका अध्यक्ष पासाङ्ग तमाङ्ग,खेम वरुवाल लगायत सात जना जिल्ला प्रशासन कार्यालयमा हाजिर भई प्रती व्यक्ति जनही ४० हजार रुपैया धरौटी जम्मा गरी हिरासतमा नगई सोमवार छुटेका हन् ।

जिल्ला प्रशासन कार्यालय परिषदमा बयान दिएर धरौटीमा छुटेका सातै जना नेताहरुलाई नेपाली कांग्रेस जिल्ला कमिटी धनकुटाले सम्मान गर्दै स्वागत गरेको थियो।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले उनिहरुलाई बयान दिई जनही ४० हजार रुपैया माग गरी तारेखमा छाड्ने निर्णय गरेपछि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको पाख्रीवास ८ को जग्गा धरौटी राखी उनिहरु रिहा भएको पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

गत असार १० गते भएको पाख्रीवास नगरपालिकाको नगर परिषदमा नगर प्रमुख लगायत जनप्रतिनीधिले दुव्यवहार गरेको तर उल्टै वडा नं ४ का वडाध्यक्ष सोवित निरौला,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु जयन्द्र घिसिङ्ग,निलम थापा,नगर सभापती प्रेम भण्डारी,श्याम प्रकाश राई,गोकुल घिमिरे,वीर वहादुर थापा,पासाङ्ग तामाङ्ग, सञ्जय मगर,बाबुराम थापा,मान वहादुर राई,रवी पौडेल, माओवदी केन्द्रका नेता बलराम खड्का, लगायत १५ जनालाई पाख्रीवास नगरपालिका तर्फबाट उपप्रमुख देवकला तिम्सिनाले अभद्र व्यवहार र तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराउनु भएको थियो ।

आरोपित मध्ये ४ नं वडाध्यक्ष सोवित निरौला धरौटीमा रिहा भैसक्नु भएको थियो भने बाँकी ७ जना नेता आज जिल्ला प्रशासन कार्यालय धनकुटाका हाजिर हुने कांग्रेस जिल्ला सचिव राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।