झु’ठा मु’द्धा लगाएर फसाउन खोजिएका १५ नेता रिहा भएपछि नेपाली कांग्रेसद्वारा बधाई ज्ञापन गर्दै सम्मान
असार ३०,धनकुटा । झु’ठा मु’द्धा लगाएर फसाउन खोजिएका १५ नेता रिहा भएपछि उनिहरुलई नेपाली कांग्रेसले बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

पाख्रीवास नगर परिषदमा अ’भद्र व्यवहार गरेको आरोपमा प्रहरीको खोजीमा रहेका नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु जयन्द्र घिसिङ्ग,निलम थापा, पाख्रीवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, कोषाध्यक्ष वीर वहादुर थापा,वडा नं ४ का सभापती श्याम प्रकाश राई, नेपाली कांग्रेसका युवा नेताहरु गोकुल घिमिरे, सञ्जय मगर,नेपाल तरुण दलका जिल्ला सदस्य सन्तोष मानन्धर,घोर्लीखर्कका अध्यक्ष पासाङ्ग तमाङ्ग,खेम वरुवाल,रवी पौडेल, वडाध्यक्ष सोवित निरौला,नेकपा माओवादी केन्द्र पाख्रीवासका सचिव वलाराम खड्का,मान वहादुर राई,बाबुराम थापा लगायत १५ जनालाई जिल्ला प्रशासन कार्यालयमा हाजिर भई धरौटीमा छुटेकाले उनिहरुलाई बधाई दिदै स्वागत तथा सम्मान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय परिषरमा बयान दिएर धरौटीमा छुटेका नेताहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटामा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्ग , महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,मिन कार्की, नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,नेकपा एमाले माधव समूहका अध्यक्ष अर्जुन राई,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,यूवा नेता मदन घिमिरे,मनिष राई ,नेकपा माओवादी केन्द्रका नेताहरु हेमचन्द्र किराती,सर्मिला राई,नयन श्रेष्ठ लगायतले खादा माला अविर लगाई सम्मान गर्दै स्वागत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले उनिहरुलाई लिई जनही ४० हजार रुपैया माग गरी तारेखमा छाड्ने निर्णय गरेको हो । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको पाख्रीवास ८ को जग्गा धरौटी राखी उनिहरु छुटेको् नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो । पाख्रीवास नगरपालिकाको गत असार १० गते भएको नगर परिषदमा नगर प्रमुख लगायत जनप्रतिनीधिहरुले जनता माथि दु’व्र्यवहार गरेको तर उल्टै चार राजनीतिक दलको गठवन्धनका १५ नेताहरुले अ’भद्र व्यवहार तो’डफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा नगर उपप्रमुख देवकला पौडेल तिम्सिनाले मु’द्धा दर्ता गराउनु भएको थियो ।
त्यस्तै रिहा भएका नेताहरुको सम्मानमा नेपाली कांग्रेस धनकुटाले पार्टी कार्यालयमा पनि बधाई तथा शुभकामान र सम्मान कार्यक्रमको आयोजना गरेको थियो । पार्टीका जिल्ला सभापती अग्नी प्रसादा पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा सभापती पौडेल,प्रदेश सांसद लिला सुब्बा,उपसभापती नविन किशोर शाक्य, जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,नेकपा माओवादी केन्द्रका अध्यक्ष ऋषिराम ढुंगाना लगायतले खादा माला लागई बधाई ज्ञापन गरेका थिए। कार्यक्रमको उदेश्यमाथि जिल्ला राईले प्रकाश पार्नु भएको थियो भने जिल्ला सदस्य गुरुङ्ग र पाख्रीवास नगर सभापती भण्डारीले मन्तव्य रखेका थिए ।

त्यस्तै नेपाली कांग्रेस पाख्रीवास नगर कार्य समितिले पाख्रीवास बजारमा स्वागत सभा गरी १५ जना नेताहरुलाई बधाई ज्ञापन गर्दै स्वागत गरेको छ ।
नेपाली कांग्रेस पाख्रिवास नगरपालिकाका संयोजक ज्ञान वहादुर गुरुङ्गको अध्यक्षतमा सम्पन्न भएको स्वागत तथा बधाई सभामा पाख्रिवास बजार क्षेत्रका जनताहरुले जनतको पक्षमा आन्दोलन गर्दा गर्दै झु’ठा मु’द्धा लागी धलौटीमा छुट्नु भएको १५ जना नेताहरुलाई खादा माला तथा अविर लगाएर बधाई दिदै सम्मान गर्नु भएको थियो । सभामा वोल्ने वक्ताहरुले पाख्रीवास घट्नामा जनताले विजय प्राप्त गरेको र ओली पक्षिय जनप्रतिनीधिहरु पराजित हुदै गएको वताएका थिए। सभाको सञ्चालन तरुण नेता दिपेश थापाले गर्नु भएको थियो ।


