धनकुटामा आज थप १९ जना कोरोना संक्रमण पुष्टि

धनकुटा । आज धनकुटामा १९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार ११ जना पुगेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज दिउसो ३ वजे सम्मको तथ्यांक अनुसार ४६ सय ३५ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार १ सय १४ र २६ सय ९५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका मध्ये १८ सय १८ जना निको भईसकेका छन् । आज जिल्लाका ४६ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या त्यती पुगेको हो । हाल जिल्लामा १६८ जना सक्रिय संक्रमित छन् ।

ती मध्ये १४१ जना होम आईशोलेसनमा, १३ जना संस्थागत आईशोलेसनमा र १४ जना अस्पतालमा उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।