स्वास्थ्य सुरक्षा तथा राहत सामाग्री वितरण
धनकुटा, ३१ असार । नेपाली कांग्रेस चौविसे गाउँ कार्यसमितिका सभापति तथा युवा समाजसेवी बिजु राईले कोरोना संक्रमितहरुको घर घरमा पुगेर राहत तथा स्वास्थ्य सामाग्री बितरण गर्नु भएको हो ।

चौविसे गाउँपालिकाको वडा नं।२,३ र ४ को सुक्रबारे,सोगुम तल्लो,सोगुम माथिल्लो ,गढिगाउँ र सुरुङ्गी लगायतकाको जम्मा ५७ घरधुरीलाई प्रति घरधुरी १० पिस मास्क,सेनिटाइजर,सिटामोल,भिटामिन सि लगायत प्रति एक घर बराबर साढे बाह्र केजी चामल,आधा केजी दाल,१ केजी नून,१ पोका खाने तेल बितरण गरिएको नेपाली कांग्रेस चौबिसेका सभापति तथा युवा समाजसेवी बिजु राईले बताउनु भयो ।
देश विदेशमा रहनु भएका आफन्त तथा साथीभाईहरुको सहयोग र आफ्नो समेत गरि लगभग ५० हजार बढीको लागतमा उक्त सामाग्रीहरु वितरण गरिएको कुरा युवा समाजसेवी तथा नेपाली कांग्रेस चौबिसेका सभापति राईले जानकारी दिनुभयो ।


