धनकुटामा साउन १० गते सम्म निशेधाज्ञा समय थप
विकास घिमिरे/धनकुटा,३१ असार । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन १० गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञा लाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए ।
निशेधाज्ञा भनिए पनि सबै खाले पसलहरु लाई बिहान ६ बजे देखि राती आठ बजे सम्म खोल्न दिइने भएको छ । त्यस्तै सरकारी तथा गैर सरकारी कार्यलयहरु लाई स्वाथ्य मापदण्डको पालना गरि नियमित रुपमा सेवा प्रदान गर्न भनिएको छ ।
स्वाथ्य मापदण्डको पालना गरि सबै खाले सवारी साधन संचालन गर्न दिइने भएको छ तर विद्यालय,कलेज हाट बजार लगायतका भिडभाडहुने स्थान भने खोल्न नदिइने भएको छ ।




