धनकुटामा कांग्रेस नेताहरुद्धारा कोरोना संक्रमित पत्रकार र कांग्रेसका नेताहरुसंग भेटघाट

धनकुटा,३१ असार । धनकुटामा कोरोना संक्रमित पत्रकार र नेपाली कांग्रेस पाख्रिवासका नेताहरुसंग नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले आज भेटघाट गरी उहाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिनु भएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष समेत रहनु भएका नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले आज कोरोना संक्रमित नेपाल पत्रकार महासंघ धनकुटाका सदस्य तथा नेपाल प्रेस युनियन धनकुटाका सदस्य माधव गुरागाई र कोरोना संक्रमित उहाकी श्रीमतीलाई उहाहरुको घरमा गई भेटघाट गरी उहाको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिई शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो ।

सो अवसरमा जिल्ला सचिव राईले पत्रकार गुरागाईलाई मास्क तथा पोसिलो खानेकुरा प्रदान गर्नु भएको थियो । यस अघि पनि कोरोना संक्रमित धनकुटाका ६ जना पत्रकारहरुलाई नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राईले मास्क,सेनिटाईजर तथा पोसिलो खानेकुरा प्रदान गरी सक्नु भएको छ ।

यसैगरी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले यस अघि नेपाली कांग्रेस पाख्रिवासका सभापती प्रेम भण्डारी,कोषाध्यक्ष विर वहादुर थापा, वडा नं. ४ का सभापती श्याम प्रकाश राई,नेपाल तरुण दल घोर्लिखर्कका अध्यक्ष पासाङ्ग तामांग,यूवा नेता (शिव) खेम वरुवाल लगायतका नेताहरुलाई भेटघाट गरी पाख्रिवासका कांग्रेसजनहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिनु भएको थियो । उहाहरुलाई सचिव राईले केही माक्स समेत प्रदान गर्नु भएको थियो ।

यस अघिनै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस नगपालिका अन्र्तगतका १० वटा वडाका सवै वडा सभापतीहरुलाई मास्क तथा स्वास्थ्य समाग्रीहरु प्रदान गरि सक्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।