नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य वान्तवालाई कोरोना संक्रमण पुष्टि

श्रावण २,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य मोहन वान्तवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि उहाँलाई धनकुटा आईशोलेसन सेन्टरमा भर्ना गरिएको छ । धनकुटा कोभिड आकस्किम कक्षमा उपचार गराई वान्तावालाई थप उपचारका लागि आईशोलेसन सेन्टरमा भर्ना गरिएको हो ।

एक साता अघि देखी ज्वरो तथा खोकी आई घरमै उपचार गराईरहनु भएका वान्तवालाई कोभिड आकस्मिक कक्षमा लगि कोराना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि आईशोलेसन सेन्टरमा भर्ना गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

उहाँको उपचारका लागि नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा कांग्रेस जिल्ला सचिव राई सहित नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,उपाध्यक्ष विदुर खवास,सहसचिव पूर्ण कुमार चौधरी लगायतले सहजीकरण गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोही क्रममा कांग्रेस जिल्ला सचिव राईले कोभिड आकस्मिक कक्ष र आईशोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमित विरामीको स्वास्थ्यवस्थाको वारेमा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य कर्मीहरुसँग जानकारी लिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖