हिले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पुरानो कार्य समितिद्वारा सम्पूर्ण जिम्मेवारी नयाँ कार्य समितिलाई हस्तान्तरण

श्रावण २,धनकुटा । हिले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पुरानो कार्य समितिले सम्पूर्ण जिम्मेवारी नयाँ कार्य समितिलाई जिम्मा लगाएको छ ।

आज हिलेमा एक कार्यक्रमको आयोजना गरी पुरानो समितिका पदाधिकरीले नयाँ कार्य समितिका पदाधिकारीलाई लेखा सहित सम्पूर्ण जिम्मेवारी जिम्मा लगाएको हो ।

पूरानो कार्य समितिका कार्यवाहक अध्यक्ष हर्क लिम्वु,सचिव अमित ल्हो र कोषाध्यक्ष नारायण थापा लगायतले नयाँ कार्य समितिका अध्यक्ष एवम् धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङ,सचिव भोगेन्द्र थापा लगायतलाई जिम्मा लगाएको हो ।

खानेपानी उपभोक्ता समितिको नयाँ कार्य समिति अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पूरानो कार्यसमितिको कार्यकालमा हिलेमा खानोपनी व्यवस्थापनका लागि गरिएका कार्यहरुको वारेमा जानकारी गराउदै समितिको नाममा हाल २ लाख ३८ हजार ६ सय ९१ रुपयाँ बैंक खातामा जम्मा रहेको जानकारी गराईएको छ ।

कार्यक्रममा उपभोक्ताहरुले समितिको हरहिसाव परदर्शी हुनु पर्छ । समितिमा एक राजनीतिक दलको मात्र पदाधिकारी तथा सदस्य हुनु हुदैन, खानेपानीका भएका मुहानहरुको संरक्षण गर्नुपर्छ भन्ने लगायतका सुझाव रखेका थिए ।

ती सुझावहरुलाई सम्वोधन गर्दै नवगठित समितिका अध्यक्ष तामाङले १ नं वडामा क्रियाशिल राजनीतिक दलको सिफारिसको आधारमा समितिमा सदस्य थप गर्ने,हरहिसाब पारदर्शी वनाउने,पूरानो हिसाब किताब उपभोक्ता माझ स्पष्ट पार्न छानविन समिति गठन गर्ने बताउनु भएको छ ।

कार्यक्रममा दिईएको जानकारी अनुसार हिलेमा जम्मा ९ सय ३१ घरधुरी खानेपानी उपभोक्ता छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖