लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स गठन

धनकुटा,४ साउन । धनकुटाको सागुरीगढी भेडेटारमा सम्पन्न तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाल तरुण दल धनकुटका अध्यक्ष दिनेश राईले लोकतन्त्र विरोधी र भष्टाचारीहरुको विरुद्ध खवरदारी गर्न तरुण डिफेन्स फोर्स गठन गरेको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले तरुण डिफेन्स फोर्स अव संविधानका रक्षा गर्दै गाउ गाउमा गएर कांग्रेसलाई हरेक तहरुको निर्वाचनमा विजयी गराउन अभियान सञ्चालन गर्ने वताउनु भयो ।

नेपाल तरुण दल सागुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न तरुण भेला तथा तरुण डिफेन्स फोर्स गठन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु नेपाल धन राई,पृती वान्तवा,क्षेत्रिय सभापती जितेन्द्र राई,नेपाल तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष यूवराज पुराजुली, क्षेत्रिय सचिव प्रकाश राई लगायतले तरुण डिफेन्स फोर्सले लोकतन्त्रवादीहरुको रक्षाका निम्ति क्रियाशिल हुने वताएका छन्।

नेपाल तरुण दल सागुरीगढी धनकुटाका उपाध्यक्ष सन्तोष राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल तरुण दल सागुरीगढी गाउपालिका वडा नं १ का अध्यक्ष विष्णु लिम्बु,वडा नं २ का अध्यक्ष पूर्ण लिम्बु, वडा नंं ५ का अधयक्ष मिलन लिम्बु,वडा नं ६ का अध्यक्ष प्रसेश बुढाथोकी, वडा नं ८का अध्यक्ष अविलास राई, वडा नं। १० का अध्यक्ष रोहित राई,यूवा नेताहरु निर्देश लिम्बु,देवेन्द्र राई लगायतले तरुण डिफेन्स फोर्सको महत्वको वारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको स१चालन नेपाल तरुण दल सागुरीगढीका सचिव राज कुमार राईले गर्नु भएको थियो । धनकुटाको सागुरीगढीमा गठित तरुण डिफेन्स फोर्सले सागुरीगढीको १० वटै वडाहरुमा पालिका सरकार र वडा सरकारलेहरुले गरेको अनियमिता र जनविरोधी क्रियाकलापको भण्डाफोर गर्दै कांग्रेसको पक्षमा यूवा परिचालन गर्ने नवनिर्वाचित तरुण डिफेन्स फोर्स सागुरीगढीका संयोजक दिपेन सुहाङ्ग लिम्बुले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।