धनकुटामा आज थप १५ जनामा संक्रमण पुष्टि
श्रावण ४, धनकुटा । धनकुटामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७७ पुगेको छ ।
अहिले सम्म ४ हजार ६ सय ७५ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको मध्ये १ हजार १ सय ४० जनामा संक्रमण पुष्टि भएको हो भने २ हजार ७ सय ७७ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएका मध्ये ९ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २ हजार १ हजार ८ सय ८७ निको भईसकेका छन् ।
आज जिल्लाका ७ जनाले कोरोनालाई जिते सँगै संक्रमण मुक्त हुनेको संख्या त्यती पुगेको जिल्ला कोभिढ १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ । हाल जिल्लामा १ सय ५६ सक्रिय संक्रमित रहेकोमा १ सय ३० होमा आईशोलेसनमा,१७ जना संस्थागत आईशोलेसनमा र ९ जना अस्पतालमा उपचाररत छन् ।
मेची अस्पतालका डाक्टरमाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग
झापा । मेची अस्पताल भद्रपुरका डा. केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन्। उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन्।
श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा। कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताए।
‘हामीले असुरक्षा महसुस गरिरहेका छौं,’ उनले भने, ‘बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौँ, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ।’
डा। कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिए। घटनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन्।


