धनकुटा उद्योग बाणिज्य संघको सेवा कार्यालय र व्यवस्थित हेल्प डेस्कको शूभारम्भ
श्रावण ४,धनकुटा । करदाताहरुलाई सेवा प्रवाहमा सहजिकरण गर्ने उदेश्यले स्थापित धनकुटा उद्योग बाणिज्य संघको सेवा कार्यालय र व्यवस्थित हेल्प डेस्कको आजबाट शूभारम्भ गरिएको छ ।

संघको सेवा कार्यालय र व्यवस्थित हेल्प डेस्कको शुभारम्भ गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले नयाँ ढंगबाट सेवा प्रभारम्भ गरिएको वताउनु भएको छ ।
करदाता सेवा कार्यलय धनकुटाको नजिकै करदाताहरुलाई कर शिक्षा प्रदान गरी कर सम्वन्धि सम्पूर्ण काममा सहजीकरण गर्न करदाता सेवा कार्यालयसंग समन्वय गरी करदाता सेवा कार्यालयकै सहयोगमा धनकुटा उद्योग बाणिज्य संघको सेवा कार्यालय स्थापना गरी हेल्प डेक्सलाई व्यवस्थित बनाई संघका अध्यक्ष राईले शुभारम्भ गर्नु भएको हो ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले सेवा कार्यालय तथा हेल्प डेक्सको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो । कोषाध्यक्ष रुपेश श्रेष्ठ र कार्यालय सचिव सचिन प्रदानले उद्योगी, व्यावसायी,व्यापारी लगायत करदाताहरुका लागि सेवा कार्यालय स्थापना गरी हेल्प डेक्सलाई व्यवस्थित बनाई सञ्चालन गरिएको वताउनु भयो । कार्यक्रममा धनकुटाका उद्योगी,व्यावसायी तथा करदाताहरुको उउपस्थिती थियो ।
कार्यलय सचिव प्रधानको नेतृत्वमा धनकुटा उद्योग बाणिज्य संघको सेवा कार्यालय तथा हेल्प डेक्स मार्फत संघका भूपाल कटुवाल,नवराज श्रेष्ठले करदाताहरुलाई कर शिक्षा प्रदान गर्दै कर सम्वन्धि काममा सहजीकरण गरेका थिए ।

गत बर्ष देखीनै करदाता सेवा कार्यालय धनकुटामा संघले हेल्प डेक्स स्थापना गरी सेवा प्रदान गर्दै आईरहेकोमा आज देखी सेवा कार्यालय स्थापना गरी हेल्प डेस्कलाई अझ व्यवस्थित गरी करदाताहरुलाई कर सम्वन्धि सहजीकरणका साथ प्रभावकारी सेवा प्रदान गर्न शुरु गरेको हो ।


