महालक्ष्मीका कृषकलाई बंगुरका पाठी वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बंगुर पकेट क्षेत्रका कृषकहरुलाई उन्नत जातका बंगुरका पाठी वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, वडा नं.३ का वडाध्यक्ष भरत थापा, वडा नं.४ का वडाध्यक्ष यज्ञबहादुर चापागाई लगायतले कृषकहरुलाई बंगुरका पाठी प्रदान गरेका हुन् ।

वडा नं.३ को डाँडागाउँ बंगुर पालक कृषक समूह, वडा नं.४ को राम नगर बंगुर पालक कृषक समूह र भिलिमिले पाङ्चा बंगुर पालक कृषक समूहसँग आवद्ध २०÷२० जना कृषकलाई बंगुरको पाठी दिइएको हो । त्यस्तै, बंगुरको संख्या बृद्धि गर्न तीन वटै कृषक समूहलाई एक÷एक वटा बंगुरका पाठा पनि प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका पशु सेवा प्राविधिक किरण कार्कीले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकाले वडाहरुलाई फरक–फरक पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक हिवासले अघि बढ्न सहयोग र हौसला प्रदान गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।