जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाद्वारा आर्थिक वर्ष २०७७/७८ मा ६६ लाख २८ हजार ५ सय राजश्व संकलन
श्रावण ५,धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले आर्थिक वर्ष २०७७/७८ मा ६६ लाख २८ हजार ५ सय राजश्व संकलन गरेको छ ।
११ हजार ६ सय ८३ सवारी कारवाही बाट उल्लेखित रकम राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
कारवाहीमा परेका सवारी साधनहरुमा १८ सय ७५ ट्रक,१ सय ४५ टिपर,५ सय १६ वस, ३४ सय ३७ कार जीप, ९ सय ८९ ट्रयाक्टर, ३७ सय २९ मोटर साईकल र ९ सय ९२ टेम्पो,अटो,सिटी सफारी रहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ हजार ६ सय ४८ सवारी कारवाही बाट ६७ लाख २२ हजार ५ सय राजश्व संकलन भएको थियो । त्यस अघिको आर्थिक वर्ष २०७५/७६ मा ७६ लाख ७३ हजार ५ सय राजश्व संकलन भएको थियो ।


