कोरोना संक्रमित वालवालिका र महिलाहरुलाई पोषिलो खानेकुरा प्रदान
श्रावण ५,धनकुटा । धनकुटाका कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाका उपचाररत कोरोना संक्रमित वालवालिका र महिलाहरुलाई नेपाली कांग्रेस धनकुटाका सचिव एवम् धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य विजय सन्तोषी राईले पोषिलो खानेकुरा प्रदान गर्नु भएको छ ।

उहाँले कोभिड अस्पताल र आईशोलेसन सेन्टरमा उपचारत कोरोना संक्रमित वालवालिका ,महिला सहित अन्य २४ जना विरामी सँग भेटघाट गरी उनिहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिदै हरलिक्स,च्यवनप्रास लगायत शक्ति वद्र्धक भिटामिन युक्त पोषिलो खानेकुरा प्रदान गर्नुभएको हो।

धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहनु भएका राईले यस अघि पनि धनकुटा कोभिड अस्पताल र आईशोलेसन सेन्टरमा उपचारत विरामीहरुलाई भिटामिन युक्त खानेकुरा प्रदान गर्नु भएको थियो ।


