धनकुटामा आज थप २५ जनामा संक्रमण पुष्टि,५२ संक्रमणमुक्त
श्रावण ६,धनकुटा आज धनकुटाका ५२ जना कोरोना मूक्त भएका छन् । यो सँगै जिल्लामा कोरोनालाई जित्नेको संख्या१९ सय ६३ पुगेको छ ।
आज जिल्लाका थप २५ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म धनकुटामा संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ ।
४ हजार ७ सय ३ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार १ सय ६० र २ हजार ८ सय १६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ सय ५८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।
हाल जिल्लामा १ सय २९ सक्रिय संक्रमित रहेकोमा १ सय ५ जना होम आईशोलेसनमा, १५ जना संस्थागत आईशोलेसनमा र ९ जना अस्पतालमा उपचाररत छन् ।


