शिक्षकहरुलाई सूचना प्रविधि सम्वन्धि तालिम
श्रावण ८,धनकुटा । प्रविधि मैत्री शिक्षक समाज धनकुटा नगर कमिटीले नगर क्षेत्रका शिक्षकहरुलाई सूचना प्रविधि सम्वन्धि तालिम प्रदान गरेको छ ।
विद्यालयमा अत्यावश्यक पर्ने सीप पावर प्वईन्ट,एक्सल, वर्ड,मोवाईल एप्लिकेशन, शिक्षा सम्वन्धि वेवसाईट लगायतको विषयमा तालिममा प्रदान गरिएको विद्यालय सञ्जाल धनकुटा नगरपालिकाका सूचना अधिकारी एवम् श्रीमान टंक मावि भीरगाउँका प्रधानाध्यापक नर वहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
तालिममा धनकुटा नगर क्षेत्रका ३९ विद्यालयका १ सय वढी शिक्षकहरुले सहभागिता जनाएका थिए । २० दिन सञ्चलित तालिम धनकुटा नगरपालिका शिक्षा शाखा अधिकृत नगेन्द्रमणी श्रेष्ठको प्रमुख आतिथ्य तथा एसटी एफटी नगरकमिटी अध्यक्ष केदारमणी भट्टराईको अध्यक्ष्तामा भएको कार्यक्रमको वीच समापन गरिएको छ । समापन कार्यक्रममा एसटी एफटी नगर कोषाध्यक्ष वेशराज खत्रीले प्रतिवेदन पेश गर्नुभएको थियो ।
एसटी एफटी जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद साप्कोटा, नगर शिक्षा शाखा अधिकृत श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा प्रदेश शिक्षक संगठनका केन्द्रिय सदस्य यशु पौडेल,प्रदेश १ कोषध्यक्ष खगेन्द्र श्रेष्ठ,नगर प्राविधिक संयोजक उदास लिम्वु लगायतको उपस्थिती थियो । स्वागत मन्तव्य एसटी एफटी नगर कार्य समितिका सहसचिव रमा पौडेलले राख्नुभएको थियो ।
सहभागिहरुको तर्फबाट गोकुण्डेश्वर वालमन्दिर माविका शिक्षक टिकाराम श्रेष्ठ र रत्न सरस्वती प्रावि भीरगाउका शिक्षक कमला तामाङले मन्तव्य राखेका थिए ।


