राईको कोरोना संक्रमणको कारण निधन,वडा सदस्य हर्कमाया राई लाई पति शोक
श्रावण ८,धनकुटा । धनकुटाको चौबिसे गाउपालिका वडा न ६ का महिला वडा सदस्य हर्कमाया राई लाई पति शोक परेको छ ।
उहाँको श्रीमान रनेश राईको कोरोना संक्रमणको कारण निधन भएको हो । उहाँका आफन्त तथा नेपाली कांग्रेस चौविसे गाउँपालिका सभापति विजु राईका अनुसार केही दिन अघि कोरोना संक्रमण पुष्टि भई विराटनगर कोशी कोभिड अस्पतालमा उपचाररत रनेशको ४५ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको आज अन्त्यष्ठि गरिने आफन्तले जनाएका छन् ।
प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं । सर्वोच्च अदालतको आदेशसंगै पुनस्थापित भएको प्रतिनिधी सभाको बैठक आज दोश्रो पटक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए।


