अपडेट : धनकुटा बस दुर्घटना,२३ घा’इते ! ९ को अवस्था ग’म्भीर
धनकुटा,साउन १० । मध्यपहाडी लोकमार्ग अन्तर्गत धनकुटाको पाख्रीवास नगरपालिका ५ पञ्चेमा आज दिउँसो सवारी दु’र्घटना भएको छ ।

झापा काकरभिट्टाबट भोजपुर तर्फ जादै गरेको प्र-१०१-००१ ख ३४२९ नं को बस ब्रेकफेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा २३ जना यात्रु घा’इते भएको प्रहरीले जनाएको छ ।

घा’इते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।
उनिहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल धनकुटाबाट विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको डिएसपी रायले वताउनुभयो ।
घाईतेहरुको नाम ठेगाना भने संकलन भईरहेको उहाँले वताउनुभयो । वसमा ३५ यात्रु सवार थिए ।(तस्बीर श्रोत : बाबुराम खड्काको फेसबुक)


