धनकुटामा साउन २० गते सम्म निशेधाज्ञा समय थप
विकास घिमिरे/धनकुटा, १० साउन । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।
यस अघि आज राती १२ बजे सम्म लाई मात्र लागु गरिएको निषेधाज्ञा लाई थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए ।
निशेधाज्ञा भनिए पनि सबै खाले पसलहरु लाई बिहान ६ बजे देखि राती आठ बजे सम्म खोल्न दिइने भएको छ । त्यस्तै सरकारी तथा गैर सरकारी कार्यलयहरु लाई स्वाथ्य मापदण्डको पालना गरि नियमित रुपमा सेवा प्रदान गर्न भनिएको छ ।
स्वाथ्य मापदण्डको पालना गरि सबै खाले सवारी साधन संचालन गर्न दिइने भएको छ त्रिभुबन विश्वविद्यालय बाट परिक्षा नियन्त्रण कार्यलय बल्खुद्धरा संचालित हूने स्नातक तह प्रथम बर्षको परिक्षा समेत स्वाथ्य सुरक्षाको पूर्ण पालना गरि गर्न भनिएको छ तर विद्यालय, हाट बजार लगायतका भिडभाडहुने स्थान भने खोल्न नदिइने भएको छ ।




