५५ किसानलाई ३८५ बंगुर पाठो अनुदानमा बितरण

नारायण कुमार राई/धनकुटा.१२ साउन । छथर जोरपाटी गाउँपालिका धनकुटाले करिव ४० लाख बराबरको ३८५ बंगुरको पाठा-पाठी र आवश्यक सामाग्रीहरु किसानलाई अनुदानमा बितरण गरेको छ ।

पालिकाले गत आर्थिक बर्ष २०७७÷०७८ को असारमा ४ कृषि समुह मार्फत् ५५ जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा बंगुर पाठो उपलब्ध गराईएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत २० लाख र लागत साभेदारीमा बंगुर पालन पकेट कार्यक्रम अन्तर्गत १९ लाख ८० हजार रकम बराबरको उक्त अनुदान दिएको हो ।

पालिका र संघिय सरकारको साझेदारीमा दिईएको उक्त अनुदान पालिकाले जारी गरेको ३५ दिने सूचनाका अवधिमा परेका निवेदनहरु मध्येबाट छनौट गरेर अनुदान दिईएको पशुपन्छी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

अनुदानका लागि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन म्यानुअल’ र ‘कृषि तथा पशुपन्छी बिकास मन्त्रालयबाट आ.ब.०७७÷०७८ मा प्रदेश तथा स्थानिय तहमा सशर्त बित्तीय हस्तान्तरण मार्फत पठाईएका कार्यक्रमहरुको प्राविधिक कार्य सन्चालन प्रक्रिया,रिपोर्टिङ्ग तथा तथ्यांङ्क ब्यबस्थापन सम्बन्धि मार्गदर्शनमा आधारित कार्यबिधि अनुसार छनौटमा परेका समुहहरुलाई अनुदान उपलब्ध गराईएको राईले जानकारी दिनुभयोे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत वडा नं.३ को ढुंङ्गे सहकारी संस्था र वडा नं. ५ को खोक्ताप बाँझ बिसौना पशुपालन समुहले २० लाख बराबरको पाठो अनुदानमा पाएका छन् । जसमा ढुंङ्गे सहकारी संस्थाका १६ किसानहरुले ८५ वटा र खोक्ताप बाँझ बिसौना पशुपालन समुहका १२ किसानहरुले ८८ वटा उन्नत जातको ंबंगुर र बंगुरपालन सम्बिन्धि आवश्यक सामाग्री पाएका छन् ।

त्यस्तै लागत साभेदारीमा बंगुर पालन पकेट कार्यक्रम अन्तर्गत वडा नं.१ को बुढासुब्बा कृषक समुह र वडा नं. ६ को छथरजोरपाटी बंगुर पालन समुहले १९ लाख ८० हजार बराबरको अनुदान पाएको छ । जसमा बुढासुब्बा कृषक समुहका १३ जना किसानहरुले ७९ वटा र छथरजोरपाटी बंगुर पालन समुहका १४ किसानहरुले १६६ वटा बंगुरको पाठा तथा बंगुर पालन सम्बन्धि सामाग्रीहरु पाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।