धनकुटामा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि
श्रावण १२,धनकुटा । आज धनकुटाका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार २ सय ५७ पुगेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज सम्मको तथ्यांक अनुसार संक्रमित भएका मध्ये २ हजार ४५ जना निको भईसकेका छन् । आज जिल्लाका १५ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या त्यती पुगेको हो । हाल जिल्लामा १८६ जना सक्रिय संक्रमित रहेकोमा १५४ जना होम आईशोलेसनमा, १९ जना संस्थागत आईशोलेसनमा र १३ जना अस्पतालमा उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यू हुनेको संख्या १० रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यू हुनेको संख्या १७ रहेको जनाइएको छ । यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यू हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।

५५ किसानलाई ३८५ बंगुर पाठो अनुदानमा बितरण
नारायण कुमार राई/धनकुटा,१२ साउन । छथर जोरपाटी गाउँपालिका धनकुटाले करिव ४० लाख बराबरको ३८५ बंगुरको पाठा-पाठी र आवश्यक सामाग्रीहरु किसानलाई अनुदानमा बितरण गरेको छ ।
पालिकाले गत आर्थिक बर्ष २०७७÷०७८ को असारमा ४ कृषि समुह मार्फत् ५५ जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा बंगुर पाठो उपलब्ध गराईएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत २० लाख र लागत साभेदारीमा बंगुर पालन पकेट कार्यक्रम अन्तर्गत १९ लाख ८० हजार रकम बराबरको उक्त अनुदान दिएको हो ।
पालिका र संघिय सरकारको साझेदारीमा दिईएको उक्त अनुदान पालिकाले जारी गरेको ३५ दिने सूचनाका अवधिमा परेका निवेदनहरु मध्येबाट छनौट गरेर अनुदान दिईएको पशुपन्छी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।
अनुदानका लागि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन म्यानुअल’ र ‘कृषि तथा पशुपन्छी बिकास मन्त्रालयबाट आ.ब.०७७÷०७८ मा प्रदेश तथा स्थानिय तहमा सशर्त बित्तीय हस्तान्तरण मार्फत पठाईएका कार्यक्रमहरुको प्राविधिक कार्य सन्चालन प्रक्रिया,रिपोर्टिङ्ग तथा तथ्यांङ्क ब्यबस्थापन सम्बन्धि मार्गदर्शनमा आधारित कार्यबिधि अनुसार छनौटमा परेका समुहहरुलाई अनुदान उपलब्ध गराईएको राईले जानकारी दिनुभयोे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत वडा नं.३ को ढुंङ्गे सहकारी संस्था र वडा नं. ५ को खोक्ताप बाँझ बिसौना पशुपालन समुहले २० लाख बराबरको पाठो अनुदानमा पाएका छन् । जसमा ढुंङ्गे सहकारी संस्थाका १६ किसानहरुले ८५ वटा र खोक्ताप बाँझ बिसौना पशुपालन समुहका १२ किसानहरुले ८८ वटा उन्नत जातको ंबंगुर र बंगुरपालन सम्बिन्धि आवश्यक सामाग्री पाएका छन् ।
त्यस्तै लागत साभेदारीमा बंगुर पालन पकेट कार्यक्रम अन्तर्गत वडा नं.१ को बुढासुब्बा कृषक समुह र वडा नं. ६ को छथरजोरपाटी बंगुर पालन समुहले १९ लाख ८० हजार बराबरको अनुदान पाएको छ । जसमा बुढासुब्बा कृषक समुहका १३ जना किसानहरुले ७९ वटा र छथरजोरपाटी बंगुर पालन समुहका १४ किसानहरुले १६६ वटा बंगुरको पाठा तथा बंगुर पालन सम्बन्धि सामाग्रीहरु पाएका छन् ।


