धनकुटामा अहिले सम्म ७५ प्रतिशत धान रोपाई

श्रावण १२,धनकुटा । यो वर्ष श्रावण महिनाको झण्डै दोश्रो साता वित्न लाग्दा धनकुटामा अहिले सम्म ७५ प्रतिशत धान रोपाई भएको छ । जिल्लाको कूल धान खेती हुने स्थान मध्ये श्रावण ११ सम्म ७५ प्रतिशत रोपाई सकिएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

यो वर्ष समयमै वर्षात हुनु तथा मलखादको त्यती समस्या नहुनेले गत वर्षको तुलनामा यो वर्ष केही छिटो धान रोपाई भएको जनाईएको छ । त्यस्तै तेह्रथुम जिल्लामा अहिले सम्म ८५ प्रतिशत रोपाई सकिएको केन्द्रले जनाएको छ ।

धनकुटामा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । आज धनकुटाका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार २ सय ५७ पुगेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज सम्मको तथ्यांक अनुसार संक्रमित भएका मध्ये २ हजार ४५ जना निको भईसकेका छन् । आज जिल्लाका १५ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या त्यती पुगेको हो । हाल जिल्लामा १८६ जना सक्रिय संक्रमित रहेकोमा १५४ जना होम आईशोलेसनमा, १९ जना संस्थागत आईशोलेसनमा र १३ जना अस्पतालमा उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।

साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यू हुनेको संख्या १० रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यू हुनेको संख्या १७ रहेको जनाइएको छ । यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यू हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।