महालक्ष्मीको दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । दमारसहित आसपास क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चार कोठे पक्की भवन निर्माण गरिएको हो ।

३३ लाख ६६ हजारको लागतमा निर्माण गरिएको सो भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले रिवन काटेर तथा सिलालेखमा राखिएको पर्दा उघारेर भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालले दमारसहित आसपास क्षेत्रका सर्वसाधरणका लागि गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँन स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको बताए । सबै नगरबासीले सहज रुपमा स्वास्थ्य सेवा पाउँने वातावरण मिलाउँन नगरपालिका लागिपरेको भन्दै मेयर नेपालले उपचार नपाएकै कारण कुनैपनि नगरबासीले मृत्युवरण गर्नुपर्ने अवस्था आउँन नदिने प्रतिवद्धता जनाए ।

सो आधारभूत स्वास्थ्य केन्द्रमा अहिले दुई अहेब र एक जना कार्यालय सहयोगी छन् । दमार आसपास क्षेत्रका सर्वसाधरण सामान्य विरामी हुँदा उपचारका लागि चानुवाको वुधवारे पुग्नुपर्ने वाध्यता थियो । अब, दमारबाटै आधारभूत स्वास्थ्य सेवा पाउँने भएपछि सो क्षेत्रका बासिन्दालाई सहजता मिलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।